Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘चमेलीको पोइ’को ‘ओइ ओइ चमेली’ गीतमा छमछमी नाचिन् सुरक्षा

फिल्मीखबर, काठमाडौं, 2026/07/21

Surakshya Panta, Narayan Tripathi

 

एभरेष्ट सूर्य बोहराको निर्देशनमा बनेको फिल्म ‘चमेलीको पोइ’को शीर्ष गीत ‘ओइ ओइ चमेली’ सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच राजनराज सिवाकोटी र इन्दिरा जोशीको स्वरमा रहेको उक्त गीत दर्शकमाझ ल्याइएको हो । गीतमा निर्देशक बोहराको स्वयंको शब्द तथा गायक राजनराजको संगीत रहेको छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा नारायण त्रिपाठी, सुरक्षा पन्त र विल्सन विक्रम राईले आकर्षक नृत्य प्रस्तुत गरेका छन् । नारायणले यही फिल्मबाट दुई दशकपछि अभिनयमा पुनरागमन गरेका हुन् । कुनै बेला उनी हास्य भूमिकामा सर्वाधिक रुचाइएका थिए । पछिल्लो समय उनी अमेरिकामा बस्दै आएका छन् । 

आगामी असोज १६ गतेबाट प्रदर्शन हुन लागेको यस फिल्ममा मुकुन भुसाल, उमेश राई, रवीन्द्र झा, गणेश गौतम, प्रेमदेव गिरी, अंशु महर्जन, बविन राई, खड्गबहादुर पुन, रजनी गुरुङ, मिना आरएल शाही, रितु मल्ल ठकुरी, तारा शर्मा, सुनीता सापकोटा, विशाल पाण्डे, श्रेया नारायण, धनलक्ष्मी बोहरा, अनुष्का नारायणलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

धनलक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा निर्माण भएको फिल्मका निर्मातामा सुनिता सापकोटा र राम नारायण उपाध्याय रहेका छन् भने उदय विक्रम राणा, रितु मल्ल कुँवर, सुमित्रा थापा र कपिल आचार्य कार्यकारी निर्मातामा छन् । फिल्ममा शेरबहादुर तामाङको छायांकन, बन्दे प्रसादको सम्पादन, एभरेष्ट सूर्य बोहरा र शिवम् अधिकारीको लेखन तथा सहास शाक्यको पार्श्व ध्वनी रहेको छ ।