मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विराजको ‘१२ गाउँ’बाट डेब्यू गर्दै पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी

फिल्मीखबर, काठमाडौं, 2024/02/28

Biraj-Nancy-Agrement

 

सौन्दर्य प्रतियोगिताबाट फिल्ममा भित्रिने संख्या बढ्दो छ । यसैबीच, पूर्वमिस नेपाल इन्टरनेशनल न्यान्सी खड्काले पनि फिल्ममा डेब्यू गर्ने भएकी छन् । सुपरस्टार विराज भट्टको निर्देशन रहने नयाँ फिल्म ‘१२ गाउँ’बाट उनले डेब्यू गर्न लागेकी हुन् । मंगलबार विराज र न्यान्सीबीच कागजी सम्झौता भएको छ । न्यान्सीले फिल्ममा काम गर्ने इच्छा पूरा हुन लागेकोमा खुसी व्यक्त गरेकी छन् ।

‘हामीले स्क्रिप्ट सुनायौं, उहाँले मनपराउनुभयो । हाम्रो फिल्मको पात्रले खोजेको जस्तै भएकाले न्यान्सीलाई अनुबन्धित गरेका छौं,’ विराजले भने । न्यान्सीले २०२२ को मिस नेपाल इन्टरनेशनलको उपाधि जितेकी थिइन् । जापानमा भएको ‘मिस इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गरेकी न्यान्सी व्यावसायिक मोडल समेत हुन् । उनले आमसञ्चार विषयमा अमेरिकाबाट स्नातक गरेकी छन् ।

विराज भट्ट स्वयंको मुख्य भूमिका रहने ‘१२ गाउँ’बाट उनका जेठा छोरा समीर भट्टले पनि डेब्यू गर्दैछन् । एक महिनाअघि विराजले छोराको एक आकर्षक तस्वीर सार्वजनिक गर्दै डेब्यूको पुष्टि गरेका थिए । त्यसपछि समीरको शारीरिक बनावट र लुक्सलाई लिएर चर्चा भैरहेको छ । हाल प्रि-प्रोडक्सनको चरणमा रहेको फिल्मको आगामी चैत १५ बाट छायांकन सुरु गर्ने तयारीमा विराज छन् ।

 

Biraj-Nancy-Agrement


फिल्ममा सन्तोष सरकारको कथा तथा पटकथा छ । सन् २०२४ मा रिलिज हुने फिल्ममा उच्च स्तरीय एक्सन हुने विराजको दाबी छ । ‘१२ गाउँ’ उनकै कम्पनी विराज भट्ट फिल्म प्रोडक्सनको ब्यानरमा बन्नेछ । उनले यसलाई आफ्नो करियरको महत्वाकांक्षी फिल्म मानेका छन् । २०७६ सालमा प्रदर्शन भएको ‘साङ्लो’बाट विराजले निर्देशनमा डेब्यू र अभिनयमा कमब्याक गरेका थिए ।