मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘अगस्त्य’को चरित्रलाई बाहुबली मान्छन् प्रमोद

फिल्मीखबर, काठमाडौं, 2024/02/28

कुनै पनि फिल्ममा हिरो बलियो हुन भिलेन बलियो हुनुपर्छ भन्ने सर्वमान्य मान्यता हो । तर, अक्सर नेपाली फिल्म यही चुक्ने गर्छन् । हिरोलाई बलियो देखाउने चक्करमा नकारात्मक चरित्रलाई भने नजरअन्दाज गरिन्छ । तर, यही शुक्रबारबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘अगस्त्य’को ट्रेलर हेर्दा हिरो र भिलेन दुवै सशक्त लाग्छन् । यो फिल्ममा भिलेनको भूमिकामा छन्, प्रमोद अग्रहरी ।

 

pramod agrahari (2)


ट्रेलरमा उनको लुक्स र ‘भ्वाइस ओभर’ले धेरैको ध्यान खिचेको छ । ‘म आज स्वयम्, म अन्त्य स्वयम्’ भन्ने संवादमा उनको ‘भ्वाइस ओभर’ले ट्रेलरलाई नै जुरुक्क उठाएको छ । ‘त्रिपाठी’को भूमिकामा रहेका प्रमोद आफ्नो चरित्रलाई बाहुबलीको रुपमा परिभाषित गर्छन् । उनी भन्छन्, ‘सबै कुरा उसकै अन्डरमा छ । उसको आफ्नै सञ्जाल छ र उसको अनुमतिबिना समाजमा केही पनि हुँदैन ।’

उनलाई आफूले गरेका क्यारेक्टरहरु प्रायः दमदार नै लाग्छ । ‘अगस्त्य’मा पनि उनलाई यही महसुस भएको छ । उनको बुझाईमा चरित्र निर्माण भनेको बच्चा जन्माउनु जस्तै कठीन हो । ‘त्रिपाठी’ चरित्रको निर्माण प्रक्रिया पनि कठीन रहेको उनको अनुभव छ । पहिरनदेखि संवादसम्म आफूले तयारी गरेको उनी बताउँछन् । उनी जुनसुकै चरित्रका लागि मानसिक तयारी महत्त्वपूर्ण मान्छन् ।

‘शारीरिकभन्दा पनि चरित्रको विचार र भावनाको तयारी ठूलो कुरा हो । सबैभन्दा ‘पावरफूल’ त त्यो चरित्रको आन्तरिक रुपमा के चलिरहेको छ भन्ने हो । चरित्र निर्माणका लागि त्यो महत्त्वपूर्ण हुन्छ,’ उनी अगाडि भन्छन्, ‘आँखाले देखेका कुरालाई कसरी प्रस्तुत गर्ने भन्ने अर्को चुनौतीपूर्ण पक्ष हो ।’ ‘अगस्त्य’मा आफ्नो चरित्रलाई दर्शकले आत्मसात् गर्न सक्छन् भन्नेमा प्रमोद विश्वस्त देखिन्छन् ।

उनलाई फिल्मको भिलेन समाजका लागि नकारात्मक भए पनि आफ्नो लागि ऊ हिरो हो भन्ने लाग्छ । ‘उसले गरेको क्रियाकलापले कसैलाई असर पर्दा ऊ भिलेन हुन्छ । तर, मैले गरिरहेको कुरा मेरो लागि राम्रै हुन्छ नि ! मेरो क्यारेक्टर समाजका लागि पोजेटिभ छ या नेगेटिभ छ भन्ने दर्शकको हेराईमा भरपर्छ । ‘अगस्त्य’ हेरेर निस्कँदै गर्दा दर्शकले यो कुरा पक्कै सम्झनुहुन्छ’, उनी भन्छन् ।

 

pramod agrahari (2)


प्रमोद परासी जिल्लाका हुन् । अर्थात् उनले मधेशको प्रतिनिधित्व गर्छन् । ‘अगस्त्य’ले पनि त्यही भूगोलको कथा भनेको छ । उनले फिल्मले उठाएको कथा आफूले धेरै ठाउँमा देखेको बताउँछन् । ‘यस्तो कथा मैले आफ्नै ठाउँमा नभए पनि भारतमा बढी देखेको छु । मैले देखेको क्यारेक्टरलाई नै फिल्ममा उतार्ने कोसिस गरेको हुँ । पहिरन र लुक्स उनीहरुबाटै लिएको हुँ,’ प्रमोद सुनाउँछन् ।