मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘टाँक’मा यस्ती देखिइन् प्रियंका

फिल्मीखबर, काठमाडौं, 2024/02/27

Priyanka Karki (2)

 

अभिनेत्री प्रियंका कार्की आगामी वर्ष दुईवटा फिचर फिल्म निर्माणको तयारीमा छिन् । त्यसअघि उनले सर्ट फिल्म ‘टाँक’ निर्माण गरेकी छन् । मंगलबार आफ्नो जन्मदिनको अवसर पारेर उनले सामाजिक सञ्जालमार्फत् दुईवटा फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै फिल्मबारे जानकारी गराएकी हुन् । दुवै पोस्टरमा प्रियंकालाई दुर्गम गाउँको दुःखी विवाहित महिलाको रुपमा चित्रण गरिएको छ ।

पोस्टर हेर्दा प्रियंकाले अब फरक चरित्रमा आफूलाई ढाल्न खोजेको देखिन्छ । नभए उनी रोमान्टिक भूमिकामै रमाइरहेकी थिइन् । धादिङमा छायांकन भएको ‘टाँक’लाई साम्तेन भुटियाले निर्देशन गरेका हुन् । यसअघि उनले प्रियंकालाई नै लिएर फिल्म ‘अनागत’ बनाएका थिए । अन्तर्राष्ट्रिय महोत्सवमा पठाउने तयारी गरिएको ‘टाँक’ प्रियंकाको कम्पनी आयंका फिल्म्सबाट निर्माण भएको हो ।

फिल्ममा प्रियंकाका साथै रोयल केसी, एलेक्स केसी, अरुण रेग्मी, घनश्याम जोशी, ‘प्रकाश’ अभिनेत्री रेनु योगीको पनि अभिनय छ । निर्देशक भुटियाकै लेखन र सम्पादन रहेको ‘टाँक’को निर्माता प्रियंका र उनका श्रीमान् आयुष्मान देशराज जोशी हुन् । यसलाई आयुष्मानले खिचेका हुन् । यसअघि प्रियंकाले बनाएको वेब सिरिज ‘जस्ट एनदर लभ स्टोरी’लाई पनि आयुष्मानले खिचेका थिए ।

 

Priyanka Karki (2)


प्रियंकाले आगामी वर्ष बनाउन लागेका दुई फिल्ममध्ये एउटा एक्सन जनरामा बन्नेछ । र, उनी स्वयं एक्सन भूमिकामा देखिनेछिन् । त्यसको कथा उनी आफैंले लेखिरहेकी छन् । त्यो फिल्मको निर्देशन सिमोस सुनुवारले गर्ने चर्चा छ । प्रियंका पछिल्लोपटक फिल्म ‘फूलबारी’मा देखिएकी थिइन् । अब आफ्नै होम प्रोडक्सनको दुई फिल्ममा काम गर्न लागेकाले उनले अरु प्रोजेक्ट गरेकी छैनन् ।