मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

यामीको ‘आर्टिकल ३७०’ ५ दिनमै सुपरहिट

एजेन्सी, काठमाडौं, 2024/02/28

Article 370' box office collection day 3: Yami Gautam's film rises on  Sunday, crosses Rs 25 crore mark in India - BusinessToday

 

फिल्ममा स्टारडमभन्दा महत्त्वपूर्ण ‘कन्टेन्ट’ हो । स्टारडमको क्षमता दुई दिनको हुन्छ तर ‘कन्टेन्ट’ले लामो समय बक्स अफिसमा आफ्नो पकड बनाइराख्छ । यतिबेला बलिउड फिल्म ‘आर्टिकल ३७०’ले यो कुरालाई प्रमाणित गरेको छ । फिल्म न ठूलो बजेटमा बनेको हो न स्टार कलाकार छन् । तर, कन्टेन्ट नै ‘स्टार’ सावित हुँदा फिल्मले बक्स अफिसमा ‘सरप्राइज’ व्यापार गरिरहेको छ ।

बलियो ‘वर्ड अफ माउथ’ पाएको फिल्मले ५ दिनमा ३२ करोडको आँकडा नघाइसकेको छ । पहिलो हप्तामा फिल्मले ४० करोड हाराहारी कमाई गर्ने प्रक्षेपण ट्रेड एनालिस्टहरुको छ । फिल्मको विकेन्ड सानदार भएको थियो । ६ करोड १२ लाखको ओपनिङ गरेको फिल्मले दोस्रो दिन ९ करोड ८ लाख र तेस्रो दिन १० करोड २५ लाख गरी तीन दिनमा २५ करोड ४५ लाख जोडेको थियो ।

२० करोडमा निर्माण भएको फिल्मले ‘सुपरहिट’को ट्याग पाइसकेको छ । फिल्मको व्यापार बलियो हुनुमा सत्तारुढ भारतीय जनता पार्टीको समर्थन महत्त्वपूर्ण मानिएको छ । नरेन्द्र मोदी नेतृत्वको सरकारले जम्मू कश्मीरबाट अनुच्छेद ३७० हटाएको थियो । यसैमा आधारित भएर फिल्म बनेको हो । र, भाजपाका शीर्षस्थ नेताहरुले नै फिल्मलाई समर्थन गर्दा व्यापारमा फाइदा पुगेको देखिन्छ ।

फिल्ममा यामी गौतमको मुख्य भूमिका छ । उनको अभिनय अहिलेसम्मकै उत्कृष्ट रहेको भन्दै प्रशंसा भइरहेको छ । त्यस्तै, अरुण गोविलले प्रधानमन्त्री नरेन्द्र मोदीको भूमिका निर्वाह गरेका छन् । उनको अभिनय पनि रुचाइएको छ । प्रियामणि, वैभव तत्ववादी, किरण करमाकर, राज जुत्शी, दिव्या सेठ लगायतको पनि फिल्ममा अभिनय छ । यसलाई आदित्य जान्भलेले निर्देशन गरेका हुन् ।