मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रङ्गेली’ रोकिएपछि दीपकराजको कटाक्ष- ‘सेन्सलेस सेन्सर बोर्ड’

फिल्मीखबर, काठमाडौं, 2024/03/01

राजनीतिमाथि 'छक्कापञ्जा ४' : दीपक भन्छन्- फिल्ममा हाम्रो शैलीको कथा  भन्नुपर्‍यो – Online Khabar

 

यही फागुन २५ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘रङ्गेली’को शीर्षकमा आपत्ति जनाउँदै सेन्सर बोर्डले प्रमाणपत्र दिन अस्वीकार गरेपछि बोर्डको आलोचना भैरहेको छ । एकपटक फेरि सेन्सर खारेजीको माग समेत चर्किएको छ । बोर्डले निर्मातालाई दुःख दिने नियतले कहिले दृश्य र संवादमा त कहिले नाममा आपत्ति जनाएर प्रदर्शन अनुमति नै नदिने गरेको फिल्मकर्मीहरुको आरोप छ ।

‘रङ्गेली’ सेन्सरमा रोकिएपछि अभिनेता दीपकराज गिरीले बोर्डलाई ‘सेन्सलेस’ भन्दै कटाक्ष गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘कश्मीर फाइल्स’, ‘उडता पञ्जाब’, ‘दिल्ली बेली’ । खै भारतमा त ठाउँको नाममा टन्नै फिल्म बन्छ त ! यो ‘रङ्गेली’ चाहिँ किन सेन्सरमा परेछ ?  सेन्सलेस सेन्सर बोर्ड ।’ उनको स्टाटसमा धेरैले ‘कम्युनिष्ट शासनकाल’ भन्दै सेन्सर बोर्डको विरोध गरेका छन् ।

त्यस्तै, निर्देशक तथा लेखक मनोज पण्डितले श्रष्टाको अभिव्यक्ति स्वतन्त्रता खान पल्किएको सेन्सर बोर्ड भन्ने बाघलाई खोरमा थुन्न सबै एकजुट हुन फेसबुक स्टाटसमार्फत् आग्रह गरेका छन् । आवश्यक परे ‘सिने-अनसन’ बस्न तयार हुनुपर्ने उनको भनाई छ । उनले सेन्सर बोर्ड फिल्ममेकरका लागि पाकेको पिलोजस्तो भएको बताउँदै सेन्सर बोर्डलाई फ्याक्नुपर्ने आशय व्यक्त गरेका छन् ।

बिहीबार सेन्सरमा ‘रङ्गेली’ देखाइएको थियो । त्यसपछि नाममा आपत्ति जनाउँदै सेन्सर बोर्डले प्रमाणपत्र दिन अस्वीकार गरेको हो । पूर्वको रङ्गेली सहरको नाममा फिल्म बनेको र त्यहीँ छायांकन भएकाले स्थानीय निकायको सहमति पत्र ल्याएपछि मात्र फिल्मले प्रमाणपत्र पाउने बोर्डले जनाएको छ । फिल्मको अभिव्यक्ति स्वतन्त्रतामाथि सेन्सर बोर्डले पटकपटक हस्तक्षेप गर्दै आइरहेको छ ।