मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नामलाई लिएर सेन्सरले रोक्यो ‘रङ्गेली’

फिल्मीखबर, काठमाडौं, 2024/03/01

रङ्गेली' टिजरमा दयाहाङ र अर्पणको दुश्मनी, शान्त मिरुना

 

नेपाली फिल्ममाथि सेन्सर बोर्डको हस्तक्षेप बढ्दो छ । कहिले दृश्य र संवाद त कहिले नाममा आपत्ति जनाउँदै बोर्डले फिल्मलाई प्रमाणपत्र दिन अस्वीकार गर्दै आएको छ । यसपटक फिल्म ‘रङ्गेली’लाई सेन्सरले रोकेको छ । शीर्षकमा आपत्ति नजाउँदै बोर्डले फिल्मलाई प्रमाणपत्र दिएको छैन । सेन्सर बोर्डबाट प्रमाणपत्र नपाएसम्म फिल्मलाई सार्वजनिक प्रदर्शन गर्न नपाइने व्यवस्था छ ।

बिहीबार सेन्सरका पदाधिकारीहरुले फिल्म हेरेका थिए । त्यसपछि नाममा आपत्ति जनाउँदै बोर्डले प्रमाणपत्र दिन अस्वीकार गरेको हो । पूर्वको रङ्गेली सहरको नाममा फिल्म बनेको र त्यहीँ छायांकन भएकाले स्थानीय नगरपालिकाको सहमति पत्र ल्याएपछि मात्र फिल्मले प्रमाणपत्र पाउने सेन्सर बोर्डले जनाएको छ । बोर्डले केही दृश्य र संवाद मिलाउन पनि आग्रह गरेको जानकारी प्राप्त छ ।

फिल्मको नाममा राज्यको हस्तक्षेप यसअघि पनि देखिएको थियो । निर्देशक गणेशदेव पाण्डेले चलचित्र विकास बोर्डमा ‘गाँजाबाजा’ नाम दर्ता गर्न ठूलै संघर्ष गर्नुपर्‍यो । पछि शीर्षकको चन्द्रविन्दू हटाएपछि बोर्डमा फिल्म दर्ता भएको थियो । गत भदौमा फिल्म ‘एक भागवत् गीता’को शीर्षकलाई लिएर धार्मिक संस्थाहरुले विवाद निकालेपछि बोर्डको रोहवरमा नामै हेरफेर गर्न लगाइएको थियो ।

‘रङ्गेली’ यही फागुन २५ गतेबाट प्रदर्शनमा आउँदैछ । ग्याङस्टर जनरामा निर्माण भएको फिल्मलाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन् भने दयाहाङ राई, अर्पण थापा, मिरुना मगर, प्रवीण खतिवडा लगायतको अभिनय रहेको छ । रङ्गेली सहरमा राज गर्न चाहने समूहबीचको द्वन्द्वमा आधारित भएर फिल्म बनेको हो । सेन्सरले शीर्षकमै आपत्ति जनाएपछि फिल्मको रिलिज अन्योल बनेको छ ।