मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दिव्याले ‘वरिष्ठ बलराम’ छाडेकी हुन् ?

फिल्मीखबर, काठमाडौं, 2024/03/01

Divya Rayamajhi

 

नेपाली फिल्ममा ‘स्टार किड्स’को प्रवेश बाक्लिँदो छ । केहीले ठूलो सफलता पनि हासिल गरेका छन् । अब एक समयका सफल अभिनेता दीलिप रायमाझीकी छोरी दिव्या रायमाझी फिल्ममा डेब्यूको तयारीमा छिन् । सुन्दरताका कारण लामो समयदेखि चर्चामा रहेकी उनले डेब्यूका लागि दशैंअघि फिल्म ‘वरिष्ठ बलराम’ सम्झौता गरेकी थिइन् । अब अर्को फिल्म ‘एक्टर’मा जोडिएकी छन् ।

दिव्याले ‘एक्टर’ सम्झौता गरेसँगै उनले ‘वरिष्ठ बलराम’ छाडेको चर्चा भैरहेको छ । तर, यसमा सत्यता नभएको उनकी आमा मञ्जु रायमाझीले बताएकी छन् । फिल्मीखबरसँगको फोनवार्तामा उनले भनिन्, ‘दिव्याले ‘वरिष्ठ बलराम’ छाडेकी छैनन् । यो फिल्म बन्न अलि ढिलो हुने भएपछि दिव्या सहमतिमा नै ‘एक्टर’मा जोडिएकी हुन् । दुईटै फिल्मको सेड्युल मिलाएर दिव्याले काम गर्नेछिन् ।’

दिव्या यतिबेला अमेरिकामा छिन् । ‘एक्टर’का लागि उनी अबको ३ हप्ताभित्र नेपाल आउन लागेको मञ्जुले जनाएकी छन् । नेपाल आएपछि उनी अभिनय सिक्ने योजनामा छिन् । त्यसो त उनले मेरिल्यान्ड यूनिभर्सिटीबाट अभिनयमा ब्याचलर गरेकी छन् । अहिले उनी अमेरिकामा आइटी क्षेत्रमा जोडिएकी छिन् । अब नेपाली फिल्ममा नै भविष्य बनाउने योजनासहित उनी नेपाल आउँदैछिन् ।

स्रोतका अनुसार, दिव्याले ‘वरिष्ठ बलराम’ र ‘एक्टर’ दुवै फिल्ममा १०/१० लाख पारिश्रमिक लिएकी छन् । ‘वरिष्ठ बलराम’मा उनको जोडी अभिनेता खगेन्द्र लामिछानेसँग बाँधिनेछ भने ‘एक्टर’मा अभिनेता प्रदीप खड्का उनको जोडी हुनेछन् । प्रदीप उनको मनपर्ने अभिनेता समेत हुन् । दीलिपकी छोरी भएकाले दिव्याप्रति धेरैको चासो देखिन्छ । पिताको लिगेसी धान्नुपर्ने ठूलो चुनौती उनमा छ ।