मिति : २०८१ वैशाख १७, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रङ्गेली’ गीतमा दयाहाङ र मिरुनाको प्रेमभाव

फिल्मीखबर, काठमाडौं, 2024/03/02

Dayahang Rai, Miruna Magar

 

महाशिवरात्रीको अवसर पारेर यही फागुन २५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘रङ्गेली’को रोमान्टिक गीत ‘घामले तारा’ सार्वजनिक गरिएको छ । गीतमा निशान भट्टराई र अन्नु चौधरीको स्वर, हर्क साउदको शब्द रचना तथा सुशान्त गौतमको संगीत छ । म्यूजिक प्रोड्युसर रिकेश गुरुङ किज हुन् । युरोपस्थित विश्व प्रतिष्ठित ‘बुढापेस्ट अर्केस्ट्रा’मा गीतको संगीत रेकर्डिङ भएको हो ।

गीतमा फिल्मका मुख्य अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर प्रस्तुत छन् । उनीहरुलाई फिल्मकै चरित्रमा देख्न सकिन्छ । दयाहाङ रफटफ हुलियामा छन् भने मिरुना थारु युवतीको गेटअपमा देखिएकी छन् । गीतमा उनीहरुको प्रेमभाव झल्काइएको छ । शिशिर खातीको कोरियोग्राफी रहेको गीतलाई सुशन प्रजापतीले छायांकन गरेका हुन् । गीतमा छायांकन पक्ष आकर्षक छ ।

‘रङ्गेली’लाई अर्जुन सुवेदीको लेखन तथा निर्देशन गरेका हुन् । फिल्ममा दयाहाङ र मिरुनासँगै अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल लगायतको अभिनय रहेको छ । फिल्मको कार्यकारी निर्माताहरुमा जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा, निर्माताहरुमा संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ र सह-निर्माताहरुमा युवक कार्की र शिव शङ्कर चौलागाईँ छन् ।