Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3247 - 3252 of 23511
फिल्मीखबर, काठमाडौं, २०८० आश्विन २, मंगलवार

विराज भट्ट निर्देशित फिल्म ‘साङ्लो’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी सन् २०१७ की मिस नेपाल निकिता चाण्डकले अघिल्लो महिना फिल्म ‘राजागन्ज’को छायांकन भ्याएकी थिइन् । अब उनी अर्को फिल्ममा जोडिएकी छन् । सुदर्शन थापाको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘रावायण’मा उनी विशेष भूमिकामा अनुबन्ध भएकी छन् । अभिनयको हिसाबले यो उनको तेस्रो फिल्म हुनेछ ।

एजेन्सी, मुम्बई, २०८० आश्विन २, मंगलवार

‘बाहुबली’ निर्देशक एसएस राजामौलीले ‘आरआरआर’को सफलतापछि नयाँ फिल्मको निर्माण घोषणा गरेका छन् । उनले ‘मेड इन इन्डिया’ शीर्षकमा फिल्म बनाउन लागेका हुन् । भारतीय फिल्मको सुरुवात र सुरुवाती समयको कथामाथि उनले फिल्म बनाउन लागेको जनाइएको छ । उनका अघिल्ला फिल्मजस्तै यो फिल्म पनि ठूलो स्केलमा बन्ने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० आश्विन २, मंगलवार

भिलेनको परम्परागत परिभाषा बदल्ने अभिनेताको रुपमा चिनिन्छन्, प्रशान्त ताम्राकार । आकर्षक रुपरंग, सुगठित शरीर र अग्लो कद भएपछि हिरोमै स्थापित हुने इच्छा धेरैको हुन्छ । तर, प्रशान्तले यो गुण हुँदा-हुँदै पनि भिलेनमा आफूलाई स्थापित गरे । यसैले उनलाई ‘ह्यान्डसम भिलेन’ समेत भन्ने गरिएको छ । फिल्म ‘ऐश्वर्या’मा उनले निर्वाह गरेको भूमिका सम्झनलायक मानिन्छ ।

फिल्मीखबर, काठमाडौं, २०८० आश्विन १, सोमवार

अभिनेता विमलेश अधिकारीले अब फिल्मको निर्देशन गर्ने भएका छन् । करिब ७ वर्षदेखि अमेरिकामा बस्दै आएका उनले फिल्म ‘ह्याप्पी डिभोर्स’बाट निर्देशकको परिचय थप्न थालेका हुन् । उक्त फिल्मको मंगलबार काठमाडौंमा एक कार्यक्रमका बीच निर्माण घोषणा गरिँदैछ । फिल्ममा विमलेश स्वयंको कन्सेप्ट र कथा लेखन रहेको छ । साथै, मुख्य भूमिकामा पनि उनी स्वयं देखिनेछन् ।

फिल्मीखबर, काठमाडौं, २०८० आश्विन १, सोमवार

कुमार भास्करद्वारा निर्देशित फिल्म ‘कौसीद’को यही असोज २६ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार हरितालिका तीजको अवसर पारेर सार्वजनिक गरिएको करिब २ मिनेट लम्बाईको ट्रेलरमा वित्तिय ऋणको चपेटामा परेको एक दाम्पतीको पीडादायी कथालाई भनिएको छ । फिल्ममा ऋचा शर्मा र भोलाराज सापकोटा श्रीमान्-श्रीमतीको भूमिकामा छन् ।

Results : 3247 - 3252 of 23511