
नेपाली निर्माताहरु वर्षात र जाडोको मौसममा फिल्म रिलिज गर्न चाहँदैनन् । यसलाई फिल्म रिलिजको बेमौसमी समय भनिन्छ । तर, यसपटक जाडो महिनामै भारतीय फिल्महरुले नेपालमा करोडौं कमाए । गत मंसिर २९ गते आएका दुई नेपाली फिल्म ‘दुई कदम’ र ‘जम्प’पछि तीन हप्ता नेपालका हलमा विदेशी फिल्मको दबदबा रह्यो । अब भने हलमा नेपाली फिल्म फर्किएका छन् ।

बलिउडमा रोमान्टिक हिरोको छवि बनाएका इमरान हाशमीको अब फिल्ममा चरित्र बदलिन थालेको छ । गत वर्ष फिल्म ‘टाइगर ३’मा भिलेनको भूमिकामा प्रस्तुत भएपछि उनलाई त्यही प्रकारको भूमिकामा प्रस्ताव ओइरिरहेको छ । अब अर्को सफल फिल्म ‘डन’को तेस्रो श्रृंखलामा पनि उनी भिलेनको भूमिकामा देखिने भएका छन् । यद्यपि, यसको आधिकारिक पृष्टि हुन भने बाँकी छ ।


कुनै समयकी सफल अभिनेत्री पूजा चन्द विगत १९ वर्षदेखि अमेरिकामा छिन् । अमेरिका गएसँगै उनको फिल्मसँग पनि दूरी बढ्यो । पछिल्लोपटक उनी सन् २००४ मा आएको फिल्म ‘मनको टुक्रा’मा देखिएकी थिइन् । अब २० वर्षपछि उनी फिल्ममा पुनरागमन गर्दैछिन् । निर्देशक विनोद पौडेलको दोस्रो फिल्म ‘भूठान’ (द वर्ल्डस् ह्याप्पिएस्ट म्यान)बाट उनी अभिनयमा फर्किन लागेकी हुन् ।

नेपाली फिल्ममा थिएटर र फिल्म स्कूलमा पढेर आएकाहरुको उपस्थिति दिनानुदिन बढ्दो क्रममा छ । कोही अभिनयमा सक्रिय छन् त कोही निर्देशन र अन्य विधामा अगाडि बढेका छन् । समग्रमा प्रायःले आफ्नो रुचिको विधामा सम्भावना देखाएका छन् । त्यसमध्ये एक हुन्, सिम्रन खड्का । उनी कान्तिपुर फिल्म एकेडेमीकी पूर्वविद्यार्थी हुन् । यतिबेला फिल्म बजारमा उनको चर्चा छ ।

फिल्म निर्देशनमा कलाकारहरुको आकर्षण बढ्दो छ । अभिनयको अनुभवलाई सर्टिफिकेट मानेर कलाकारहरु श्रृंखलाबद्ध रुपमा निर्देशनमा आइरहेका छन् । नीर शाह, रमेश बुढाथोकी, भुवन केसी, रेखा थापा, निखिल उप्रेती, विराज भट्ट आदि कलाकारहरुले निर्देशन फाँटमा पनि आफ्नो उपस्थिति जनाइसकेका छन् । अब फिल्म निर्देशन गर्ने पालो अभिनेता रमित ढुंगानाको आएको छ ।

