Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3265 - 3270 of 23511
फिल्मीखबर, काठमाडौं, २०८० भाद्र २९, शुक्रवार

फिल्ममा एक्सन भूमिका कलाकारका लागि निकै कठिनपूर्ण मानिन्छ । यसका लागि मानसिक र शारीरिक दुवै रुपमा फिट हुनुपर्छ । जिम्नास्टिकदेखि कराँतेसम्म आफूलाई निपूर्ण बनाउनुपर्ने हुन्छ । यो आफैंमा दुःख र मिहिनेतको काम हो । यसैले पनि एक्सनमा रुचि भएका कलाकारहरु नेपालमा ज्यादै न्यून छन् । अभिनेत्री त झन् सिला खोज्नुपर्छ । प्रायः रोमान्टिक भूमिकामै रमाएका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० भाद्र २९, शुक्रवार

आगामी असोज २६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको अर्पण गिरीद्वारा निर्देशित फिल्म ‘वानर सेना’ एक हप्ता अगाडि सरेको छ । अब फिल्म असोज १९ गतेबाट प्रदर्शनमा आउने भएको छ । फिल्म ‘परदेशी २’ कात्तिक ३ गतेबाट पोस्टपोन्ड भएर असोज २६ मा आएपछि ‘वानर सेना’का निर्माताले आफ्नो फिल्मलाई अन्याय भएको भन्दै चलचित्र निर्माता संघमा उजुरी दर्ता गरेका थिए ।

फिल्मीखबर, काठमाडौं, २०८० भाद्र २९, शुक्रवार

फिल्म निर्माणमा सर्वाधिक सफल मानिएका दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माले १० करोडको लागतमा मल्टीप्लेक्स हल सञ्चालनमा ल्याएका छन् । काठमाडौंको नयाँ बानेश्वर चोकस्थित एनबी सेन्टरमा रहेको आईएनआई सिनेमाज हलको शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल तथा कलाकार हरिवंश आचार्यले संयुक्त रुपमा रिवन काटेर उद्घाटन गरे ।

फिल्मीखबर, काठमाडौं, २०८० भाद्र २९, शुक्रवार

गत हप्ता प्रदर्शनमा आएको हिन्दी फिल्म ‘जवान’ले नेपाली हलमा एकछत्र कब्जा जमाएको अवस्था छ । ५ महिनादेखि सुनसानझैँ रहेका हलमा दर्शकको चहलपहल देखिएको छ । दोस्रो हप्तामा पनि यो फिल्मलाई मल्टीप्लेक्सहरुले काखी च्यापेका छन् । जसले गर्दा शुक्रबारबाट प्रदर्शनमा आएका दुई नेपाली फिल्म ‘एक भागवत र एक गीता’ र ‘नाङ्गो गाउँ’लाई अपेक्षाकृत शो मिलेको छैन ।

फिल्मीखबर, काठमाडौं, २०८० भाद्र २८, बिहिवार
फिल्मीखबर, काठमाडौं, २०८० भाद्र २८, बिहिवार

फिल्म क्षेत्रमा कलाकारको ‘लभ लाइफ’को चर्चा बढी हुने गर्छ । त्यसमाथि अभिनेता आकाश श्रेष्ठको त अलि बढी नै हुन्छ । फिल्म ‘रामकहानी’पछि उनको नाम अभिनेत्री पूजा शर्मासँग जोडियो । जहाँ जाँदा पनि एकसाथ हुनु, फिल्म र म्यूजिक भिडियोमा जोडी नटुट्नु, एकअर्काको तारिफमा नथाक्नु उनीहरुबीच प्रेम प्रमाणित गर्ने आधार थिए । भलै दुवैले कहिल्यै पनि प्रेम स्वीकार गरेनन् ।

Results : 3265 - 3270 of 23511