मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

‘पूजार सार्की’ : आर्यनको लुक्स सार्वजनिक गर्न लिकको फन्डा

फिल्मीखबर, काठमाडौं, 2024/03/15

aryan sigdel

 

यतिबेला ‘स्टारकास्ट’का कारण चर्चामा रहेको फिल्म हो, ‘पूजार सार्की’ । यसमा तीन अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले पहिलोपटक एकसाथ काम गरेका छन् । जातीय विभेदविरुद्धको कथामा आधारित यो फिल्ममा प्रदीप दलित युवकको भूमिकामा छन् । दमाहा बजाउने दमाई पात्रमा उनले अभिनय गरेका छन् । केही दिनअघि सार्वजनिक उनको लुक्स चर्चामा छ ।

यसैबीच, फिल्मको सेटबाट आर्यनको चरित्रचित्रण हुने भिडियो सार्वजनिक भएको छ । सामाजिक सञ्जालमा भाइरल भइरहेको २४ सेकेन्ड लामो भिडियोमा आर्यन दमाहा र पञ्चेबाजाको तालमा नाचिरहेका छन् । ढाकाटोपी लगाएका उनको लामो टुप्पी देखिन्छ । यसबाट फिल्ममा उनी पूजारीको भूमिकामा रहेको प्रष्ट बुझिन्छ । भिडियोको पृष्ठभूमिमा प्रदीप जोडसित दमाहा बजाइरहेका छन् ।

निर्देशक दिनेश राउतका अनुसार, आर्यनको ‘लुक्स’ भिडियो फिल्मको सेटबाट कसैले खिचेर लिक गरिदिएका हुन् । तर, यो लिक नभइ नियोजित देखिएको छ । प्रदीपका नजिक व्यक्ति मानिने सन्तोष कार्कीले आफ्नो युट्युब च्यानलमा भिडियो अपलोड गरेका हुन् । र, प्रदीपले भिडियो सेअर गर्दै ‘पूजार लिक्ड भयो’ भन्दै आश्चर्य जनाएका छन् । तर, यो टिम आफैंले गरेको फन्डा देखिन्छ ।

एक महिनादेखि फिल्मको कास्की जिल्लास्थित कास्कीकोटमा छायाङ्कन भइरहेको छ । फिल्ममा आर्यनको जोडी अन्जना बराइली र प्रदीपको जोडी परीक्षा लिम्बूसँग बाँधिएको छ । फिल्मलाई विकास सुवेदीले लेखेका हुन् भने संगीतकार सुवास भुसाल निर्माताको रुपमा छन् । सुवासको यो पहिलो निर्माण हो । फिल्मलाई आगामी जेठ ४ गते प्रदर्शन गर्ने योजनामा निर्माण टिम रहेको चर्चा छ ।