मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रङ्गेली’को ‘फूल ओइलिएर’ गीत रिलिज

फिल्मीखबर, काठमाडौं, 2024/03/14

Dayahang Rai

 

गत शुक्रबार (महाशिवरात्रि)बाट प्रदर्शनरत अर्जुन सुवेदी निर्देशित फिल्म ‘रङ्गेली’को ‘फूल ओइलिएर’ गीत सार्वजनिक गरिएको छ । गीतमा सुशान्त गौतमको स्वर तथा संगीत रहेको छ भने निर्देशक सुवेदी स्वयंको शब्द रचना छ । फिल्मभित्रका चल/अचल दृश्य समावेश यो गीतले प्रेम र मित्रतामा आएको संकटलाई व्यक्त गर्छ । फिल्ममा गीतलाई कथावाचनको रुपमा समावेश गरिएको छ ।

प्रदर्शनको दुई दिन शुक्रबार र शनिबार सुखद् व्यापार गरेको फिल्मलाई अब्बल ‘वर्ड अफ माउथ’ प्राप्त भएको निर्देशक सुवेदीको दाबी छ । बुधबार कामकाजी दिनमा पनि फिल्मलाई प्राप्त भएको शोजमा दर्शकको उपस्थिति राम्रो देखिएको थियो । दर्शकबाट फिल्म लामो भएको प्रतिक्रियापछि २१ मिनेट घटाइएको थियो । विशेषगरी फिल्मको ‘ट्विस्ट एन्ड टर्न’ र क्लाइमेक्स रुचाइएको छ ।

यो फिल्ममा दयाहाङ राई, मिरुना मगर, अर्पण थापा, प्रवीण खतिवडा, रमेश बुढाथोकी, रुपेश झा, सुन्दर धिताल, सन्तोष सरकार लगायतको अभिनय छ । फिल्मका कार्यकारी निर्माताहरु जीतेन्द्र खतिवडा र अनुज जङ्ग थापा हुन् भने निर्मातामा संसार चौलागाईं र रमेश भट्टराई वशिष्ठ छन् । युवक कार्की र शिव शङ्कर चौलागाईँ सह-निर्माता र विवेक खड्का (योलो) एशोसियट निर्माता हुन् ।