मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

अजयको ‘शैतान’ ६ दिनमै हिट

एजेन्सी, काठमाडौं, 2024/03/14

Shaitaan Teaser: काले जादू के खौफनाक खेल में फंसे Ajay Devgn, Jyotika...  Madhavan ने रचा शैतानी खेल - shaitaan teaser ajay devgn jyothika trapped in  black magic trap set by r madhavan

 

बलिउडले दुई हप्ताको अन्तरमा दुईवटा हिट फिल्म पाएको छ । गत फेब्रअरी २३ मा रिलिज भएको फिल्म ‘आर्टिकल ३७०’ झण्डै ७० करोड कमाउँदै यस वर्षको हिट सावित हुँदा गत शुक्रबारबाट प्रदर्शनमा आएको अर्को फिल्म ‘शैतान’ले सिर्फ ६ दिनमै हिटको रेकर्ड बनाएको छ । फिल्मले विकेन्डमा नै सानदार कमाई गरेको थियो । तीन दिनमा फिल्मको कमाई ५५ करोड नाघेको थियो ।

१५ करोड २१ लाखको सुखद् ओपनिङ गरेको फिल्मले दोस्रो दिन १९ करोड १८ लाख, तेस्रो दिन २० करोड ७४ लाख, चौंथो दिन ७ करोड ८१ लाख, पाँचौं दिन ६ करोड ५७ लाख र छैटौं दिन ६ करोड २५ लाख कमायो । योसँगै फिल्मले ७५ करोडको आँकडा कटाएको छ । विश्वव्यापी कमाई भने सय करोड नाघेको जनाइएको छ । फिल्मलाई भारतीय मिडियाले हिटको संज्ञा दिएका छन् ।

अजय देवगन, आर माधवन, ज्योतिका र जान्की बोडीवालाको मुख्य भूमिका रहेको फिल्मलाई विकास बहलले निर्देशन गरेका हुन् । ‘शैतान’ कालो जादू र वशीकरण (मोहनी)मा आधारित भएर बनेको फिल्म हो । नकारात्मक भूमिकामा रहेका आर माधवनको अभिनय फिल्मको सबैभन्दा सशक्त पक्ष मानिएको छ । सिनेमेटोग्राफी, सम्पादन र ब्याकग्राउन्ड स्कोरको पनि प्रशंसा भएको छ ।