मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘उपहार’लाई किन भनिँदैछ सिद्धार्थ बैंकको विज्ञापन ?

फिल्मीखबर, काठमाडौं, 2024/03/14

अहिले एउटा फिल्म बनाउन कम्तिमा डेढ/दुई करोड लाग्छ । र, त्यो हलबाटै उठाउन ४ करोडमाथि कमाउनैपर्छ । वर्षमा एकाध फिल्मले मात्र यो आँकडा छुन्छन् । यसैले पनि फिल्म निर्माणकै बेलादेखि लगानी उठाउन निर्माताले व्यावसायिक कम्पनीहरुसँग सहकार्य गर्ने गरेका हुन्छन् । फिल्ममार्फत् कुनै कम्पनी वा उत्पादनको प्रवर्द्धन गरेबापत निर्मातालाई आकर्षक रकम हात पर्छ ।

 

rekha thapa


फिल्म निर्माणमा विभिन्न कम्पनीले सहकार्य गर्नु सुखद् पक्ष हो । यसले फिल्मप्रति नीजि क्षेत्रको आकर्षण बढाउँछ । तर, पछिल्लो समय नेपाली मेकरहरु सर्जक कम, व्यापारी बढी देखिएका छन् । कथाभन्दा विज्ञापनलाई प्राथमिकता दिएर फिल्म बनिरहेका छन् । कथाको भाव र मर्म नै विथोल्ने गरी विज्ञापनलाई स्थान दिइँदा फिल्मप्रति दर्शकको वितृष्णा बढ्न थालेको टिप्पणी भइरहेको छ ।

गत शुक्रबारबाट प्रदर्शनरत ज्ञानेन्द्र देउजा निर्देशित फिल्म ‘उपहार’मा पनि विज्ञापन हाबी छ । फिल्ममा ‘बैंकिङ पार्टनर’को रुपमा जोडिएको सिद्धार्थ बैंकलाई कथाको एउटा हिस्सा नै बनाइएको छ । सिद्धार्थको घर कर्जादेखि लिलामी प्रक्रियासम्मलाई फिल्ममा देखाइन्छ । बैंकको ‘स्टाफ’ बनाएर एक महिला पात्र फिल्मको विशेष भूमिकामा छिन्, जसको उद्देश्य सिर्फ बैंकको प्रचार गर्नु हो ।

‘उपहार’ प्रदर्शन भएदेखि नै सिद्धार्थ बैंकको ‘बायोपिक’ भन्दै टिप्पणी भइरहेको छ । बिहीबार कलाकार दीपक आचार्य (काकु)ले फेसबुकमा घुमाउरो रुपमा ‘बैंकको विज्ञापन’ भन्दै फिल्मप्रति कटाक्ष गरेका छन् । उनले एउटा फिल्मको शो ‘क्यान्सिल’ भएपछि ‘बैंकको विज्ञापन हेरेर आइयो’ भन्दै स्टाटस लेखेका छन् । यसमा निर्देशक ज्ञानेन्द्र देउजाले पनि आचार्यलाई जवाफ दिएका छन् ।

 

deepak acharya vs Gyanendra Deuja


आचार्यको स्टाटसको कमेन्टमा देउजा लेख्छन्, ‘विज्ञापन हेर्ने कष्ट नगरी ‘सक्किगोनि’को स्क्रिप्ट लेखेर बस्नु पर्ने नि । ‘सक्किगोनि’ टिमले पनि फिल्म बनाउने कुरो सुनेको थिएँ, हामी प्रतिक्षारत छौं ।’ यसबाट निर्देशक देउजाले आलोचनालाई सकारात्मक रुपमा लिन नसकेको देखिन्छ । उनी ‘उपहार’को एक प्रमुख निर्माता समेत भएकाले फिल्मबारे आलोचना सहन गाह्रो भएको हुनसक्छ ।