Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3259 - 3264 of 24235
फिल्मीखबर, काठमाडौं, 2024-03-12, मंगलवार

एउटा उमेरसम्म अभिनेत्रीहरु फिल्ममा श्रीमति वा आमाको भूमिका निभाउन हम्मेसी तयार हुँदैनन् । त्यसले करिअरमा प्रभाव पर्ने धेरैको बुझाई छ । जसले गर्दा प्रायःको रोजाई रोमान्टिक भूमिका नै हुने गर्छ । तर, अभिनेत्री वर्षा राउतले ‘जात्रा’ श्रृंखलामा श्रीमति र आमाको भूमिका निभाउँदै आइरहेकी छन् । यतिबेला छायांकनरत फिल्म ‘मेयर’मा पनि उनी श्रीमतीको भूमिकामा देखिँदैछिन् ।

एजेन्सी, मुम्बई, 2024-03-12, मंगलवार

बलिउड सुपरस्टार सलमान खानको यस वर्ष अर्थात् २०२४ मा कुनै फिल्म रिलिज हुने छैनन् । आगामी वर्ष (२०२५)को ईदमा मात्र उनको नयाँ फिल्म आउने भएको छ । सोमबार सलमान स्वयंले नयाँ फिल्मको बारेमा जानकारी दिँदै अर्को वर्षको ईदलाई प्रदर्शन मिति घोषणा गरेका हुन् । उक्त फिल्मलाई ‘गजनी’ निर्देशक एआर मुर्गदासले निर्देशन र साजिद नाडियाडवालाले निर्माण गर्नेछन् ।

फिल्मीखबर, काठमाडौं, 2024-03-12, मंगलवार

‘बोल्ड’ अभिनेत्रीको छवि बनाएकी सुरवीना कार्कीको फिल्म करिअर सुखद् छैन । सन् २०१४ मा आएको फिल्म ‘झेली’बाट उनको करिअर सुरु भएको थियो । त्यसयता उनले आधा दर्जन फिल्ममा काम गरिसकेको भए पनि कुनै सफल भएनन् । यद्यपि, चर्चाबाट उनी कहिल्यै टाढा पनि भइनन् । कहिले बोल्ड तस्वीर त कहिले आफ्नो अभिव्यक्तिका कारण सुरवीनाको अक्सर चर्चा भइरह्यो ।

फिल्मीखबर, काठमाडौं, 2024-03-11, सोमवार

शोभित बस्नेतद्वारा निर्देशित फिल्म ‘बद्री बहादुर’को पहिलो गीत सार्वजनिक गरिएको छ । सोमबार काठमाडौंका एक कार्यक्रमका बीच सार्वजनिक ‘पुलिस दाई’ बोलको गीतमा अभिनेत्री पूजा शर्मा र अभिनेता सलोन बस्नेत नृत्य गर्दै प्रस्तुत छन् । सलोन पुलिसको भेषमा देखिएका छन् । जयकिशन बस्नेत, राजीव जंग बस्नेत, शोभित बस्नेत लगायतका कलाकारलाई पनि गीतमा देख्न सकिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2024-03-11, सोमवार

आगामी वर्षको जेठमा लण्डनमा ‘नेपाली फिल्म फेस्टिभल-२०२४’ आयोजना हुने भएको छ । बेलायतको राजधानी सहर लण्डनमा दोस्रोपटक यो महोत्सव हुन लागेको हो । थर्ड आई लिमिटेडका अध्यक्ष विकास देवकोटाले सात दिनसम्म महोत्सव चल्ने जानकारी दिए । आगामी जेठ २७ गतेदेखि असार १ गतेसम्म महोत्सव हुनेछ । महोत्सवमा १० वटा नेपाली फिल्म प्रदर्शन हुने जनाइएको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-03-11, सोमवार

माता-पिताको पदचाप पछ्याउँदै नेपाली फिल्ममा भित्रने ‘स्टार किड्स’को संख्या बढ्दो छ । तर, ज्यादै कमले मात्र आफ्नो प्रभाव छाड्न सफल छन् । अब ‘एक्सन स्टार’ विराज भट्टका छोरा समीर भट्ट पनि फिल्ममा डेब्यूको तयारीमा छन् । उनलाई विराजले नै आफ्नो नयाँ फिल्म ‘१२ गाउँ’बाट डेब्यू गराउन लागेका हुन् । पहिलो फिल्ममै समीर एक्सन भूमिकामा प्रस्तुत हुने जनाइएको छ ।

Results : 3259 - 3264 of 24235