
सन् २०१४ मा प्रदर्शन भएको फिल्म ‘एउटा साथी’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी करिश्मा श्रेष्ठले यसपछि सन् २०१५ मा ‘लभ सब’ र सन् २०१८ मा ‘बाबु कान्छा’मा अभिनय गरेकी थिइन् । तर, यी तीन फिल्म व्यावसायिक रुपमा सफल हुन सकेनन् । जसले गर्दा उनको करिअर पनि कमजोर बन्न पुग्यो । अब उनले ५ वर्षपछि फिल्म ‘मायावी’बाट अभिनयमा पुनरागमन गर्ने भएकी छन् ।

हरितालिका तीजको छेको पारेर शुक्रबारदेखि प्रदर्शनमा उत्रिएको फिल्म ‘नाङ्गो गाउँ’प्रति दर्शकको राम्रो आकर्षण देखिएको छ । पहिलो दिन ६० प्रतिशत आसपास अकुपेन्सी रहेको फिल्मले दोस्रो दिन अर्थात् शनिबारे विदामा ८५ प्रतिशतसम्म अकुपेन्सी कायम गर्न सफल भयो । शनिबार काठमाडौंसँगै मोफसलका प्रमुख शहरका हलहरुमा फिल्म हेर्ने दर्शकहरुको चाप उच्च रहेको थियो ।

अभिनेत्री टर्न निर्देशक झरना थापाद्वारा निर्देशित चौंथो फिल्म ‘एक भागवत र एक गीता’ शुक्रबारदेखि प्रदर्शनमा आइसकेको छ । पहिलो दिन सुखद अकुपेन्सी हासिल गरेको फिल्मले शनिबार विदाको फाइदा उठाउन सक्ने सम्भावना देखिन्छ । यौनिक-लैंगिक अल्पसंख्यक समुदायको कथामा आधारित भएर बनेको फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया प्राप्त गर्दा झरना खुसी देखिएकी छन् ।

‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङको निर्देशनमा बन्न लागेको फिल्म ‘डिग्री माइला : एमए थर्ड क्लास’को शुभ-मुहूर्त गरिएको छ । शनिबार बिहान नक्साल भगवती मन्दिरमा क्यामेरा र स्क्रिप्ट पूजा गर्दै फिल्मको मुहूर्त गरिएको हो । मुहूर्त समारोहमा निर्देशक गुरुङसहित फिल्मका मुख्य कलाकारहरु दयाहाङ राई, आँचल शर्मा, विजय बराल, माओत्से गुरुङलगायत उपस्थित रहेका थिए ।

बलिउड सुपरस्टार शाहरुख खान अभिनीत फिल्म ‘जवान’को चुनौतीबीच शुक्रबारबाट प्रदर्शनमा उत्रिएका दुई नेपाली फिल्म ‘एक भागवत र एक गीता’ र ‘नाङ्गो गाउँ’ले घरेलू बक्स अफिसमा सुखद सुरुवात गरेका छन् । बिहानी शो अपेक्षाकृत हुन नसकेता पनि दिउँसोबाट दुवै फिल्मले लय समातेका थिए । काठमाडौं र मोफसलका केही हलमा दुवै फिल्ममा दर्शकको उपस्थिति राम्रो थियो ।

‘अग्निदहन’ फेम्ड निर्देशक घनश्याम लामिछानेको निर्देशन रहने फिल्म ‘चित्रा’को छायांकन सुरु गरिएको छ । शुक्रबार क्यामेरा र स्क्रिप्ट पूजा गर्दै पोखराबाट फिल्मको छायांकन थालिएको हो । छायांकन सुरु भएसँगै प्रदर्शन मिति पनि घोषणा गरिएको छ । माघे संक्रान्तिलाई लक्षित गरेर आगामी पुस २७ गते फिल्म सार्वजनिक प्रदर्शनमा आउने निर्देशक लामिछानेले जानकारी दिएका छन् ।

