
अभिनेता तथा निर्माता गौरव पहारीले इन्गेजमेन्ट गरेका छन् । उनले प्रेमिका श्रेणी खतिवडासँग बुधबार काठमाडौंको पाँचतारे होटल र्याडिसनमा टीकाटालो गरेका हुन् । इन्गेजमेन्ट समारोहमा दुई पक्षका परिवारका सदस्यका साथै गौरव नजिकका सुनील थापा, विल्सन विक्रम राई, उदय सुब्बालगायतका फिल्मकर्मीहरु पनि उपस्थित थिए ।

नेपाली फिल्मको विकास र प्रवर्द्धनको लागि राज्यद्वारा गठन भएको चलचित्र विकास बोर्डको औचित्यमाथि पटक-पटक प्रश्न उठ्दै आएको छ । फिल्मको सृजनात्मक स्वतन्त्रतामाथि हस्तक्षेप गर्नेदेखि निर्मातालाई प्रक्रियाको नाममा अनावश्यक झमेला दिने कार्यले बोर्ड खारेजीको माग बेखाबखतमा चर्को रुपमा उठ्ने गर्छ । अहिलेसम्म फिल्मकर्मीले बोर्ड हुनुको अनुभूति नै गर्न पाएका छैनन् ।

विपिन कार्की अभिनयमा सशक्त कलाकार हुन् भन्नेमा दुईमत छैन । उनले हरेक फिल्मबाट आफूलाई प्रमाणित गर्दै आएका छन् । अभिनयमा मात्र होइन, चरित्रमा विविधता पस्किने मामलामा पनि उनी समकालीनभन्दा अगाडि नै छन् । आफ्नो उमेरभन्दा दोब्बर बढीको चरित्र समेत निर्वाह गरिसकेका उनी यतिबेला प्रदर्शनरत फिल्म ‘एक भागवत र एक गीता’मा अर्को पृथक भूमिकामा छन् ।

गत बैशाख १ गते प्रदर्शनमा आएको फिल्म ‘जारी’पछि नेपाली फिल्म क्षेत्र दोस्रो हिटको पखाईमा छ । गत असारमा प्रदर्शित फिल्म ‘बगान’ ‘सेमी हिट’ रह्यो । दोस्रो हिटको रेकर्ड भने फिल्म ‘नाङ्गो गाउँ’ले बनाउने लक्षण देखाएको छ । यही शुक्रबारबाट प्रदर्शनमा उत्रिएको यो फिल्मले हलमा उल्लेख्य दर्शक भित्राइरहेको छ । कामकाजी दिनमा समेत फिल्मको अकुपेन्सी ५० प्रतिशतमाथि छ ।

नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी २’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘हिजो काम आज काम’ बोलको परदेशीको पीडा र बाध्यता बोल्ने गीतमा सतिश चापागाईँको शब्द रचना, बिबि अनुरागीको संगीत तथा प्रशान्त तामाङको स्वर रहेको छ । प्रशान्त फिल्मका मुख्य अभिनेता समेत हुन् । उक्त गीतमा फिल्मको कथासार बुझाउने केही मनछुने संवाद समेत समावेश छन् ।

तीजको छेको पारेर शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘एक भागवत र एक गीता’को इनिसियल व्यापार उत्साहप्रद रहन सकेन । जसले निर्माण टिमलाई पनि निराश तुल्याएको थियो । तर, तीजको विदाबाट फिल्मले राम्रो गति लिन थालेको छ । टिकटकमा फिल्मभित्रका क्लिप्सहरु भाइरल हुनु र सुखद ‘वर्ड अफ माउथ’को प्रभावले फिल्ममा दर्शक बढ्न थालेको विश्लेषण गरिएको छ ।

