मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जेठ २५ मा ‘लण्डन टू पेरिस’, पोस्टरमा साम्राज्ञी र निश्चल रोमान्टिक

फिल्मीखबर, काठमाडौं, 2024/03/14

London-to-paris-final-poster-Date-Announcement

 

घनश्याम लामिछानेको निर्देशनमा तयार भएको फिल्म ‘लण्डन टू पेरिस’को प्रदर्शन मिति घोषणा गरिएको छ । बिहीबार निर्माताले एक रोमान्टिक पोस्टर सार्वजनिक गर्दै आगामी जेठ २५ गतेलाई प्रदर्शन मिति घोषणा गरेका हुन् । सार्वजनिक पोस्टरमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र नव-अभिनेता निश्चल खड्का प्रस्तुत छन् । उनीहरु एकअर्कालाई चुम्बन गरेको अवस्थामा चित्रित छन् ।

फिल्ममा साम्राज्ञी र निश्चलका साथै कबीर खड्का, गरिमा शर्मा, रुष्मा थापा, मनिश श्रेष्ठ र मनिष गान्धीको मुख्य अभिनय रहेको छ । निश्चल र गरिमा दुवैको यो डेब्यू फिल्म हो । गरिमा म्यूजिक भिडियोमा चलेकी मोडल हुन् । ‘ट्राभल लभस्टोरी’ भनिएको फिल्ममा प्रदीप भारद्वाजको कथा, पटकथा तथा संवाद लेखन छ । गत फागुनमा मुम्बईको सेटमा फिल्मको पेरिसको पार्ट खिचिएको थियो ।

एबी इन्टरनेशनलको प्रस्तुति रहेको फिल्ममा गौतम प्रोडक्शन तथा अर्चिड भेस फिल्म्सले निर्माणमा सहकार्य गरेको छ । परी राना, अमित बस्नेत, आरोन बस्नेत र एरियाना बस्नेत निर्माता रहेको फिल्ममा सनिश खकुरेल सह-निर्मातामा छन् । त्यस्तै, अंकित गौतम कार्यकारी निर्माता हुन् । फिल्ममा अभेद परवको छायांकन, हर्कुलश बस्नेत, एसडी योगी, बियोण्ड तथा सलिन मगरको संगीत छ ।