मिति : २०८१ ज्येष्ठ ४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजेश हमालको तारिफमा ओलीले भने- ‘ह्यान्डसम र विद्वान् हुनुहुन्छ’

फिल्मीखबर, काठमाडौं, 2024/03/15

बिहीबारदेखि नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को सातौं संस्करण काठमाडौंमा सुरु भएको छ । महोत्सवमा ४० देशका ८८ फिचर, लघु र वृत्तचित्र प्रदर्शनसँगै विभिन्न छलफल सत्र पनि आयोजना गरिएको छ । शुक्रबार राष्ट्रिय सभागृहमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र अभिनेता राजेश हमालले करिब २ घण्टा फिल्म र अन्य विषयमा केन्द्रित भएर संवाद गरे ।

 

kp oli and rajesh hamal 2


छलफलको क्रममा हमालले ओलीलाई कस्तो फिल्म मनपर्छ भनेर प्रश्न गरेका थिए । जवाफमा ओलीले राम्रो फिल्म मनपर्ने बताए । कस्तो फिल्मलाई राम्रो भन्नुहुन्छ भन्ने हमालको प्रश्नमा उनले भने, ‘त्यसको तीनवटा पक्ष हुन्छ । एउटा, देशभक्तिपूर्ण फिल्म । दोस्रो, चेतनामुलक र जागरणमुलक । तेस्रो, मनोरञ्जनात्मक फिल्म ।’ तीनटै शैलीका फिल्मको आ-आफ्नै विशेषता हुने उनको बुझाई छ ।

‘नालापानी’लाई देशभक्ति फिल्मको उदाहरण दिँदै ओलीले भने, ‘विदेशीले आफ्नो देश कब्जा गर्न खोज्दा त्यसविरुद्ध नेपालीहरुले बहादुरीपूर्वक लडेका छन् । यो देशभक्ति फिल्म हो । धेरै देशमा पनि यस्ता फिल्म बनेका छन् । जागरणका फिल्म पनि हेर्ने गर्छु । पछिल्लो समयमा आएका ‘छक्का पञ्जा’ जस्ता फिल्ममा देशभक्ति वा जागरणभन्दा पनि मनोरञ्जन पक्षलाई प्रधानता दिइएको छ ।’

संवादको क्रममा उनले हमालको मनपर्ने विशेषता र गुणको समेत प्रशंसा गरे । ‘उहाँ ह्यान्डसम हुनुहुन्छ । विद्वान् हुनुहुन्छ । सालिन हुनुहुन्छ । गुड म्यानरको व्यक्ति हुनुहुन्छ,’ ओलीले अगाडि भने, ‘राम्रो अभिनयकर्ता हुनुहुन्छ । अभिनय गरेको बेला आफू को थिएँ भन्ने नै विर्सिनुहुन्छ । समाजसँग घुलमिल हुन उहाँ असाध्धै सिपालु हुनुहुन्छ । यिनै विशेषता र गुणले मलाई राजेश हमाल मनपर्छ ।’

हमालले भने ओलीको जीवन प्रेरणादायक रहेको बताए । ओलीको प्रशंसामा उनले भने, ‘मैले उहाँको जति जीवन संघर्ष बुझेको छु, त्यसबाट के भन्न सक्छु भने उहाँबाट हामीले प्रेरणा लिन सक्छौं । उहाँ हरेक वातावरणमा सहज भइदिनुहुन्छ । चाहे कलाकार होस् वा राजनीतिज्ञ, सबै व्यक्तिसँग त्यही हिसाबले प्रस्तुत हुन सक्नुहुन्छ । उहाँको जस्तो खुबी मैले सबै राजनीतिकर्मीमा देखेको छैन ।’

 

kp oli and rajesh hamal


ओलीले पहिलोपटक नेपाली फिल्म हेरेको पनि स्मरण गरेका थिए । ‘२०२० सालमा मलाई दुईटा कुरा हेर्न मन लाग्यो । एउटा रेल र अर्को फिल्म । रेल गलगलिया (भारतको बिहार) गएर हेरेँ,’ पूर्वप्रधानमन्त्री ओलीले पहिलोपटक नेपाली फिल्म हेरेको स्मरण गर्दै भने, ‘त्यसबेला झापा र सुनसरीमा गरी दुईवटा हल खुलेको थियो । एउटामा ‘आमा’ फिल्म हेरेँ र अर्कोमा ‘माइतीघर’ हेरेको थिएँ ।’