
बलिउड सुपरस्टार सलमान खान स्टारर फिल्म ‘टाइगर ३’को ट्रेलर सार्वजनिक गरिएको छ । सोमबार निर्माण कम्पनी यशराजको युट्युब च्यानलबाट सार्वजनिक २ मिनेट ५१ सेकेण्ड लम्बाईको ट्रेलरमा सलमान ‘हाइलाइट’ छन् । ‘टाइगर’को अघिल्लो श्रृंखलामा देशका लागि लडेको टाइगर पात्र यसपटक परिवार बचाउन संघर्ष गरिरहेको देखिन्छ । ट्रेलरमा सलमानको एक्सन बढी हाबी छ ।

कुनै बेला युट्युबप्रति देखिएको क्रेज केही वर्षयता टिकटकमा सरेको छ । अहिले नेपालीहरुमाझ टिकटक सर्वाधिक लोकप्रिय छ । नेपालको ठूलो जनसंख्या टिकटकमै केन्द्रित हुन थालेपछि नेपाली फिल्मको प्रचारका लागि पनि यो एउटा राम्रो प्लेटफर्म बनेको छ । टिकटकमा फिल्मका गीतदेखि टिजर-ट्रेलरका दृश्य र संवाद हिट भैदियो भने त्यसले प्रचारमा ठूलो सघाउ पुर्याउने गरेको छ ।

फिल्म प्रदर्शनअघि प्रिभ्यू भिडियो सार्वजनिक गर्ने प्रचलन नेपालमा खासै विकसित भैसकेको छैन । फूलपाती (कात्तिक ४ गते)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’को भने रिलिजको ६ दिन अगाडि नै झन्डै ४ मिनेट लम्बाईको प्रिभ्यू भिडियो सार्वजनिक गर्दै अभिनेता विपिन कार्कीले निर्वाह गरेको भष्मे डन पात्रको स्वभाव र रवाफलाई चित्रित गर्न खोजिएको छ ।

‘सानो मन’ फेम्ड निर्देशक सुयोग गुरुङको निर्देशनमा बन्न लागेको नयाँ फिल्म ‘फर्की फर्की’को छायांकन सुरु नहुँदै प्रदर्शन मिति घोषणा गरिएको छ । आगामी वर्षको जेठ ११ गतेलाई फिल्मको प्रदर्शन निश्चित भएको निर्माता रोहित अधिकारीले जानकारी गराए । यसअघि फिल्मलाई आगामी फागुन २५ गते रिलिज गर्ने तयारी थियो । तर, छायांकनको ढिलाइले रिलिज अर्को वर्ष पुगेको छ ।

उदय सुब्बाको निर्देशनमा बनेको फिल्म ‘दुई कदम’को प्रेम र द्वन्द्व मिश्रित टिजर सार्वजनिक गरिएको छ । घटस्थापनाको अवसर पारेर आइतबार सार्वजनिक गरिएको टिजरमा डेब्यू अभिनेता इओन लिम्बु र डेब्यू अभिनेत्री सिमोन गिरीबीचको प्रेममा आउने उतार-चढावलाई प्रस्तुत गरिएको छ । प्रेममा परिवार बाधक हुँदा उत्पन्न परिस्थितिमा फिल्म केन्द्रित रहेको टिजरले संकेत गर्छ ।

हलिउड/बलिउडमा कुनै फिल्म हिट भयो भने त्यसलाई यूनिभर्स (कथा वा पात्रको निरन्तरता)को रुपमा अगाडि बढाउने ट्रेन्ड छ । ‘एक था टाइगर’, ‘सिंघम’, ‘स्पाइडर म्यान’, ‘डेडपूल’ आदि यसका उदाहरण हुन् । केही हदसम्म यो नेपालमा पनि छ । तर, प्रायः फिल्मको अघिल्लो श्रृंखलासँग कुनै लेनादेना नै हुँदैन । सिर्फ नामको ब्याज खानका लागि सिक्वेल तथा सिरिजहरु बनिरहेका छन् ।

