मिति : २०८१ वैशाख २४, सोमवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

विराजले रित्तो गाउँको कथामा ‘भिजिट भिसा’ बनाउने

फिल्मीखबर, काठमाडौं, 2024/04/13

visit-visa-movie-biraj

 

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘बुलाकी’का निर्माता तथा कलाकार विराज विष्टले नयाँ वर्षको अवसर पारेर फिल्म ‘भिजिट भिसा’ निर्माणको घोषणा गरेका छन् । कथासार बुझाउने गरी थिम पोस्टर सार्वजनिक गर्दै फिल्मको घोषणा गरिएको हो । पोस्टरमा जीर्ण बनेको गाउँलाई चित्रित गरिएको छ । रोजगारी र सहर मोहले रित्तिएको गाउँको कथामा फिल्म बन्ने पोस्टरले प्रष्ट संकेत गरेको छ ।

दुई पहाडको खोँचमा कुहिरोले ढालेको बस्ती । बस्तीका घर जीर्ण बनेर ढल्न लागिसकेका छन् । ढुंगाको छानो भएका बाक्लै घरले कुनै समयको समृद्ध बस्तीको झल्को दिन्छ । शिक्षा, स्वास्थ र भौतिक सुविधाको अभावमा बस्ती सहरतिर स्थान्तरण भए । सहर युरोप र अमेरिका सर्‍यो । र, गाउँहरु रित्तिँदै गए । पोस्टरले जुन कथा बोलेको छ, त्यो अहिले नेपालको ग्रामिण क्षेत्रको नियति हो ।

मोती बिष्ट प्रस्तुतकर्ता रहेको फिल्मको निर्माता टोपेन्द्र बिष्ट हुन् । फिल्ममा विराज विष्टको कथा छ भने यम थापाको पटकथा लेखन छ । फिल्मका लागि निर्देशक र कलाकार भने तय भइसकेका छन् । छत्रेश्वरी म्यानेजमेन्टको प्रस्तुति रहने फिल्ममा नाम चलेका कलाकारलाई अनुबन्ध गराउने तयारीमा निर्माण टिम छ । विराज यसै वर्ष फिल्म ‘महाराजधिराज’ पनि निर्माण गर्ने तयारीमा छन् ।