
निश्चल बस्नेतले ६ वर्षपछि निर्देशनमा पुनरागमन गरेको फिल्म ‘दिमाग खराब’ आगामी कात्तिक २४ गतेदेखि प्रदर्शनमा आउँदैछ । बलियो स्टारकास्ट र निश्चलको निर्देशनमा कमब्याकका कारण फिल्मप्रति दर्शकमा उच्च अपेक्षा छ । र, व्यावसायिक सफलताको सम्भावना पनि प्रवल देखिन्छ । तर, यो फिल्मलाई बलिउड सुपरस्टार सलमान खानको फिल्म ‘टाइगर ३’ ठूलो चुनौती बन्न सक्छ ।

२०७२ सालमा प्रदर्शनमा आएको ‘पशुपति प्रसाद’ नेपाली फिल्मकै लागि एउटा ‘माइलस्टोन’ मानिन्छ । दृश्यभाषादेखि कलाकारको अभिनयसम्म, हरेक हिसाबमा फिल्म उत्कृष्ट ठहरिएको थियो । यो फिल्मले एउटा ‘आइकनिक’ क्यारेक्टर समेत जन्मायो, ‘भष्मे डन’ । जबकि, फिल्ममा यो पात्र सहायक मात्र थियो । र, चरित्रको हिसाबले नकारात्मक । तर, दर्शकलाई यही पात्र ‘प्रिय’ बन्यो ।

एक समय नेपाली फिल्ममा बलशाली उपस्थिति जनाएकी रेखा थापा २०७५ सालमा आएको फिल्म ‘मालिका’पछि राजनीतिमा बढी सक्रिय भइन् । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा महामन्त्री पदमा उठिन् । यसपछि उनले सोही पार्टीबाट संघीय निर्वाचनमा मोरङ क्षेत्र नं. ३ बाट सांसद् पदमा उम्मेदवारी दिएकी थिइन् । अब उनी ५ वर्षपछि फिल्म निर्माण र अभिनयमा फर्किएकी छन् ।

फिल्म ‘प्रसाद २’को विवादमा निर्देशक सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी जारी भइसकेको छ । अहिले उनलाई प्रहरीले पक्राउ गर्न खोजी गरिरहेको छ । निर्माता सुदर्शन बस्नेत र ज्याक श्रेष्ठले आफूहरुको अनुमति बिना नै ‘प्रसाद २’लाई देश तथा विदेशमा प्रदर्शन गरेर एक करोड ५० लाख रुपैयाँ ठगी गरेको भन्दै जाहेरी दिएका थिए । त्यही आधारमा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

धर्मग्रन्थ वा त्यसका पात्रमाथि फिल्म बनाउनु चुनौतीपूर्ण मानिन्छ । सानो गल्ती मात्र भयो भने त्यसले ठूलो द्वन्द्व मच्चाउने सम्भावना रहन्छ । यही डरले पनि नेपालमा धार्मिक फिल्म बन्दैनन् । तर, धर्मग्रन्थबाट नाम लिएर बनेका फिल्महरु विवादमा तानिएका घटना धेरै छन् । तात्तातो उदाहरण ‘भगवात् गीता’ हो । धर्मग्रन्थबाट नाम लिएको भन्दै विवाद चर्किएपछि शीर्षकै हेरफेर गरिएको थियो ।

कुनै बेला देओल परिवारले बलिउडमा राज गरेको थियो । ७० को दशकमा धर्मेन्द्र बलिउडका ठूलो ‘स्टार’ थिए । त्यसपछि उनका दुई छोरा सनी देओल र बबी देओलले पनि लोभलाग्दो सफलता चुमे । अहिले पनि उनीहरुको बलिउडमा रजगज छ । सनीको त नयाँ फिल्म ‘गदर २’ले बक्स अफिसमा रेकर्ड नै बनायो । तर, देओल परिवारको तेस्रो पुस्तालाई बलिउड फापेको देखिएको छैन ।

