मिति : २०८१ ज्येष्ठ ८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

‘यो मन त मेरो नेपाली हो’को फर्स्टलुकमा विल्सनदेखि बुद्धिसम्म

फिल्मीखबर, काठमाडौंं, 2024/04/13

yo man ta nepali ho

 

नयाँ वर्षको दिन पारेर फिल्म ‘यो मन त मेरो नेपाली हो’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । नेपालको झन्डा र शान्तिको प्रतिक मानिने सेतो परेवालाई पृष्ठभूमिमा राखेर तयार पारिएको पोस्टरमा पात्रहरुको मनोभाव दर्शाइएको छ । कलाकारहरु बुद्धि तामाङ, विल्सन विक्रम राई र विजय बराल गम्भीर भावमा चित्रित छन् भने रोशन श्रेष्ठ र आयुषा समाल अंगालोमा देखिएका छन् ।

नर प्रधान (मित्र)को निर्देशनमा बनेको फिल्मको प्रदर्शन मिति भने घोषणा गरिएको छैन । फिल्मलाई यस वर्ष रिलिज गर्ने तयारीमा निर्माण टिम छ । नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता बर्देवा, देवराज राजबंशी लगायतको पनि अभिनय रहेको फिल्मका निर्माता ज्ञानबहादुर प्रधान (रोशन) हुन् । फिल्मले नेपाली भाषाको इतिहासलाई बुझाउने जनाइएको छ ।

पद्मा ईश्वर इन्टरटेन्मेन्ट र नर प्रधानको संयुक्त प्रस्तुतिमा निर्माण भएको फिल्ममा सौरभ लामाको छायांकन, दीपक शर्माको संगीत, शिवम् अधिकारीको लेखन, देव महर्जन द्वन्द्व निर्देशन, समीर मियाँको भीएफएक्स तथा कविराज गहतराजको कोरियोग्राफी रहेको छ । दुई चरणको छायांकन पूरा भइसकेको यो फिल्मको अब तेस्रो चरणको छायांकन क्यानडामा गर्ने तयारीमा निर्माण टिम छ ।