मिति : २०८१ वैशाख १८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

किन निशानामा छन् सलमान ?

फिल्मीखबर, काठमाडौं, 2024/04/14

Salman Khan says there are only five stars in Bollywood, adds 'it will fade  eventually, but it hasn't started yet' | Bollywood - Hindustan Times

 

सुपरस्टार सलमान खानलाई पटक-पटक ज्यान मार्ने धम्की आइरहेको छ । यसैले लामो समयदेखि उनी उच्च सुरक्षाको घेरामा छन् । यसका बावजूद आइतबार बिहान (करिब ५ बजे) उनको घर (ग्यालेक्सी अपार्टमेन्ट)बाहिर मोटरसाइकलमा सवार व्यक्तिले चार राउण्ड ‘फायरिङ’ गरेपछि यतिबेला त्यहाँको माहोल तनावग्रस्त देखिएको छ । अहिले प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।

सलमानको घरलाई लक्षित गर्दै ‘फायरिङ’ भएको थियो । उनको घरको पर्खालमा गोलीको निशान भेटिएको छ । आक्रमणकारीको पहिचान गर्न महाराष्ट्र प्रहरीले आसपासका सिसी क्यामेराको फुटेर हेरिरहेको छ भने फोरेन्सिक टीमले सलमानको घर पुगेर जाँच गरिसकेको छ । ‘फायरिङ’ भएको समयमा सलमान घरमै थिए । उक्त आक्रमणपछि महाराष्ट्र प्रहरीले उनको सुरक्षा बढाएको छ ।

सलमानलाई लरेन्स बिश्नोईको ग्याङबाट ठूलो खतरा मानिन्छ । बिश्नोईसँगै अर्का ग्याङस्टर गोल्डी बराडले कयौंपटक सलमानलाई ज्यान मार्ने धम्की दिएका थिए । लरेन्स नजिकका मानिने ग्याङस्टर सम्पत नेहरा सन् २०१८ मा सलमानको अपार्टमेन्ट क्षेत्रको रेकी गर्न जाने क्रममा पक्राउ परेका थिए । प्रहरीले सोधपुछ गर्ने क्रममा उनले सलमानमाथि आक्रामणको योजना रहेको बताएका थिए ।

सन् १९९८ देखि सलमानलाई निरन्तर धम्की आइरहेको छ । कालो हरिण शिकारमा नाम आएपछि बिश्नोई समाज उनको विरोधमा छ । उनीहरुले कालो हरिणलाई भगवानको रुपमा मान्ने गरेका छन् र त्यसको पूजा गर्छन् । जब सलमान कालो हरिण शिकारमा मुछिए, त्यसपछि लरेन्स बिश्नोईले उनलाई पटक-पटक ज्यान मार्ने धम्की दिएका थिए । यद्यपि, उनी लामो समयदेखि जेलमा छन् ।

 

Crime Branch Probes Firing At Salman Khan Mumbai Home | INDToday


सलमानलाई गत वर्ष धम्कीपूर्ण इमेल समेत प्राप्त भएको थियो । जसमा गोल्डीले सलमानसँग प्रत्यक्ष कुरा गर्न चाहेको उल्लेख थियो । त्यसको एक महिनापछि उनलाई ज्यान मार्ने धम्कीसहित फोन आएको थियो । गोल्डीले खुल्लम खुल्ला सलमानलाई ज्यान मार्ने धम्की दिँदै आएका छन् । ग्याङस्टरबाट निरन्तरको धम्कीपछि महाराष्ट्र पुलिसले उनलाई वाई प्लस श्रेणीको सुरक्षा दिइरहेको छ ।