Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3133 - 3138 of 23507
फिल्मीखबर, काठमाडौं, २०८० आश्विन २६, शुक्रवार

कलाकारहरुबीच ‘दोस्तीयारी’ कमै देख्न पाइन्छ । बढीजसो दुश्मनीकै चर्चा हुन्छ । कतिपयको हकमा राम्रो सम्बन्ध देखिए पनि त्यो देखावटी मात्र हुन्छ । एकाधको राम्रो सम्बन्ध नभएका पनि होइनन् । तर, प्रतिस्पर्धाको क्षेत्र भएकाले सुमधुर सम्बन्ध स्थापित हुन मुश्किल हुन्छ । त्यसमाथि एउटै क्षेत्र हुँदा कान भर्नेहरु कम हुँदैनन् । जसले गर्दा राम्रो सम्बन्ध पनि क्षणभरमै दुश्मनीमा बदलिन्छ ।

फिल्मीखबर, काठमाडौं, २०८० आश्विन २६, शुक्रवार

नेपाली समाजको वास्तविक कथालाई भन्न रुचाउने निर्देशक नारायण रायमाझीको तेस्रो निर्देशकीय फिल्म ‘परदेशी २’ शुक्रबारबाट प्रदर्शनमा आएको छ । बढ्दो युवा पलायन र त्यसले समाजमा पार्ने प्रभावको कथामा आधारित रहेको फिल्मको शुक्रबार बिहान काठमाडौं नयाँ बानेश्वरस्थित आइएनआई सिनेमाजमा विशेष शोज राखिएको थियो, जहाँ केही चर्चित सेलिब्रेटीहरु सहभागी थिए ।

फिल्मीखबर, काठमाडौं, २०८० आश्विन २६, शुक्रवार

कोरोना महामारीयता सुविधा सम्पन्न मल्टीप्लेक्स हल खुल्ने क्रम बढेको छ । काठमाडौंमा मात्र यो सीमित छैन । मोफसलका ठूला शहरहरुमा पनि अत्याधुनिक प्रविधि भित्राएर नयाँ हलहरु खुलिरहेका छन् । जसले गर्दा सिंगल थिएटर विस्थापित हुने क्रममा छन् । मल्टीप्लेक्स हलको संख्या बढ्दा निर्मातालाई नै फाइदा हुन्छ । टिकट दर महंगो हुने भएकाले निर्मातालाई राम्रै शेयर हात पर्छ ।

फिल्मीखबर, काठमाडौं, २०८० आश्विन २६, शुक्रवार

सुपरस्टार दयाहाङ राई अभिनीत फिल्म ‘राजागञ्ज : द स्काइ इज माइन’ले नर्वेजियन फिल्म इन्स्टिच्युटको सोर्फोन्डबाट ७६ लाख ५२ हजार रुपैयाँ (५७ हजार ६०० अमेरिकी डलर) फन्ड जितेको छ । चर्चित अमेरिकी म्यागेजिन भेराइटीले ‘राजागञ्ज’ उक्त फन्ड जित्ने नौं फिल्ममध्ये एक रहेको उल्लेख गरेको छ । यो फिल्मको अघिल्लो महिना मात्र जनकपुर क्षेत्रमा छायांकन सकिएको थियो ।

फिल्मीखबर, काठमाडौं, २०८० आश्विन २६, शुक्रवार

गायनमा ठूलो ‘नेम-फ्रेम’ कमाएका प्रकाश सपूत हिरो बनेको पहिलो फिल्म ‘परदेशी २’ प्रदर्शनको मैदानमा उत्रिएको छ । दशैंको अवसर पारेर शुक्रबारबाट प्रदर्शन थालेको यो फिल्मप्रति ठूलो अपेक्षा राखिएको छ । किनकि, ७ वर्षअघि यसको पहिलो श्रृंखला सुपरहिट भएको थियो । नारायण रायमाझीको निर्देशन रहेको फिल्मले युवापुस्तामा बढ्दो विदेश मोहको कथालाई पेश गरेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० आश्विन २५, बिहिवार

कोरोना महामारीभन्दा अघि नेपाली निर्मातालाई आम्दानीका लागि हल, युट्युब र विदेश प्रदर्शनको मात्र भर थियो । सीमित मात्रामा ओटीटी प्लेटफर्म भए पनि यसतर्फ दर्शकको उत्तिधेरै आकर्षण थिएन । मेकरहरुले पनि यसलाई गम्भीर रुपमा लिएका थिएनन् । तर, कोभिडमा ओटीटीप्रति विश्वमै क्रेज बढ्यो । र, ‘आइसियू’मा रहेको नेपालको ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’ पनि चम्कियो ।

Results : 3133 - 3138 of 23507