मिति : २०८१ वैशाख १८, मंगलवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘बोक्सीको घर’को ‘बुझिनँ मैले’ गीतको चुलिँदो लोकप्रियता

फिल्मीखबर, काठमाडौं, 2024/04/14

पछिल्लो समय फिल्मका गीतहरु ज्यादै कम रुचाइएका छन् । वर्षमा आधा दर्जन गीत पनि चर्चामा आउँदैनन् । र, अक्सर गीतको समस्या अडियोमै देखिन्छ । भिडियोमा तामझाम देखिए पनि अडियो कमजोर हुँदा गीतहरु दर्शकको रोजाईमा पर्न सकेका छैनन् । जसले गर्दा गीतमाथिको लगानी डुबिरहेको छ । यद्यपि, वर्षमा केही फिल्मका गीतले बजारमा राम्रो हलचल ल्याउने गरेका छन् ।

 

keki adhikari


यतिबेला फिल्म ‘बोक्सीको घर’को ‘बुझिनँ मैले’ गीत चर्चामा छ । १२ दिनमा गीतलाई युट्युबमा ३८ लाख बढी भ्यूज मिलिसकेको छ । रिलिजको अवधिको हिसाबले यो निकै राम्रो अंक हो । यसले गीतको चुलिँदो लोकप्रियता बोल्छ । प्रतिबन्धित टिकटक (नेपालमा भिपिएनमार्फत् चलाउनेको संख्या ठूलो छ)मा समेत गीत चर्चित छ । युट्युबमा गीतको भ्यूज बढ्नुमा त्यसको पनि प्रभाव देखिन्छ ।

यो गीत लोकप्रिय हुनुमा अडियोको ठूलो योगदान छ । गीतको शब्द सशक्त र अर्थपूर्ण छन् । विशेषगरी दोस्रो हरफ ‘फूलजस्ती रे, जुनजस्ती रे’ बुलन्द छ । संगीत र गायन गीतको अर्को बलियो पक्ष हो । त्यसमाथि गायक तथा अभिनेता प्रकाश सपूतले गीत तयार पारेका हुन् । उनी आफैंमा हिटका ‘ग्यारेन्टी’ मानिन्छन् । उनको नामैले पनि गीतलाई लोकप्रिय बनाउन ठूलो भूमिका खेलेको छ ।

गीतलाई भिडियोले पनि उतिक्कै न्याय गरेको छ । गीतको मर्म र शब्दको भावअनुसार नृत्य निर्देशक सुनिल क्षेत्रीले अभिनेत्री केकी अधिकारीलाई बेजोडसँग प्रस्तुत गरेका छन् । केकीको शारीरिक हाउभाउ, अनुहारको एक्सप्रेसन, नृत्य र आँखाको भाव जबर्जस्त देखिएको छ । ‘बुझिनँ मैले’ गीत लोकप्रिय बनेपछि यसको प्रभाव अब फिल्मको बक्स अफिसमा पर्न सक्ने विश्लेषण भैरहेको छ ।

गीतमा प्रकाश सपूतको स्वर, शब्द र संगीत छ भने गायनमा उनलाई समीक्षा अधिकारीले साथ दिएकी छन् । समाजले महिलालाई हेर्ने फरक-फरक दृष्टिकोणप्रति गीतले व्यंग्य गर्छ । सुरक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको फिल्म यही बैशाख १४ गतेबाट प्रदर्शन हुँदैछ । फिल्ममा केकीसहित श्वेच्छा राउत, सुष्मा निरौला, सबिन बास्तोला, सुपला सापकोटा लगायतको पनि अभिनय छ ।