Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3115 - 3120 of 23938
फिल्मीखबर, काठमाडौं, 2024-02-08, बिहिवार

नेपाली फिल्ममा सेन्सरसिपको प्रावधान हटाउनुपर्ने आवाज अक्सर सुनिन्छ । यसले सृजनात्मक स्वतन्त्रतामा अंकुश लगाउने काम गरेको फिल्मकर्मीहरुको तर्क छ । तर, सरकार भने सेन्सरसिपमा थप निर्मम बनेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ल्याउन लागेको चलचित्र जाँचसम्बन्धी कार्यविधि २०८० पारित भएको अवस्थामा अब फिल्म निर्माण गर्न नै कठिनाई हुने देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2024-02-07, बुधवार

नेपाली अभिनेत्रीहरुबीच मेलमिलाप छैन भन्ने कुरा अक्सर सुनिन्छ । प्रतिस्पर्धाको क्षेत्र भएकाले पनि त्यसले सम्बन्धमा प्रभाव पार्नु स्वभाविक हो । तर, स्वस्तिमा खड्का र वर्षा राउतको हकमा केही अलग छ । यस वर्ष प्रदर्शन भएको फिल्म ‘ऐंचो पैंचो’मा दिदी-बहिनीको भूमिकामा काम गरेका उनीहरुबीच राम्रो ‘बोन्डिङ’ बनेको छ । दुवैले एकअर्कालाई साथ र हौसला दिइरहेका हुन्छन् ।

फिल्मीखबर, काठमाडौं, 2024-02-07, बुधवार

‘मिस्टर झोले’ जोडी दयाहाङ राई र दीया पुन अभिनीत फिल्म ‘दयारानी’को नेपालका मल्टीप्लेक्सहरुमा सुखद् शोजसहित अग्रिम बुकिङ खुलेको छ । देशभरका हलमा गरेर ११३ शोज पाएको फिल्मलाई देशकै ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले काठमाडौं उपत्यका र मोफसलमा गरी कूल ३६ शोज र दोस्रो ठूलो मल्टीप्लेक्स चेन आइएनआइ सिनेमाजले १२ शोज उपलब्ध गराएको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-02-07, बुधवार

गत वर्षको सफल फिल्म ‘दुई नम्बरी’को ‘स्टारकास्ट’ दोहोर्‍याएर निर्माण भएको फिल्म ‘हात्तीछाप’ यही माघ २६ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । कात्तिकयता सुस्ताएको बजारलाई चलायमान बनाउने अपेक्षा गरिएको फिल्मले मंगलबार साँझ काठमाडौंमा आयोजित प्रिमियरमा प्रशंसा पाएको छ । फिल्मको कथावस्तु, प्रस्तुति र कलाकारको अभिनयको तारिफ प्रिमियरमा बढी सुनियो ।

फिल्मीखबर, काठमाडौं, 2024-02-07, बुधवार

एउटा प्रदर्शनमा नआउँदै त्यसको सिक्वेल घोषणा गर्ने होडबाजी चलिरहेको समयमा माघ २६ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘हात्तीछाप’को पनि सिक्वेल बन्ने भएको छ । फिल्मको अन्तिम ‘इन्ट्रो’मा ‘हात्तीछाप २ : बोतल राजा’ उल्लेख गर्दै सिक्वेल घोषणा गरिएको हो । फिल्ममा अभिनेता सौगात मल्लले बोतल राजाको भूमिका निभाएका छन् । सिक्वेल उनीमै केन्द्रित हुने प्रष्ट बुझिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2024-02-07, बुधवार

अभिनेत्री केकी अधिकारीको अभिनय तथा निर्माण रहेको फिल्म ‘बोक्सीको घर’को प्रदर्शन मिति घोषणा गरिएको छ । आगामी वर्षको बैशाख १४ गतेबाट फिल्म प्रदर्शनमा आउन लागेको हो । करिब ८ वर्ष अगाडि मण्डला थिएटरमा एक महिनासम्म मञ्चन भएको ‘बोक्सीको घर’ नाटकमा आधारित भएर फिल्म निर्माण भएको हो । फिल्मका लेखक तथा निर्देशक सुलक्षण भारती हुन् ।

Results : 3115 - 3120 of 23938