
नेपालमा फिल्मले ‘एडल्ट’ सर्टिफिकेट पाउनु व्यापारिक दृष्टिकोणले जोखिमपूर्ण मानिन्छ । १६ वर्षमुनिकाले हेर्नै नपाउने भएकाले त्यसको असर व्यापारमा पुग्ने गरेको छ । यसैले मेकरहरु बरु दृश्य काट्न तयार हुन्छन् तर ‘एडल्ट’ सर्टिफिकेट लिन चाहँदैनन् । यही चैत ८ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘११:५५’का निर्माताले भने दृश्य काँटछाँट नगरी ‘एडल्ट’ सर्टिफिकेट लिएका छन् ।

विगत ४/५ वर्षमा अभिनेत्री शिल्पा पोखरेलको जीवनमा ठूलो उतारचढाव देखियो । उनले पूर्वपति तथा निर्माता छविराज ओझासँग लामो समय कानुनी लडाइँ लड्नु पर्यो । अन्ततः केही महिनाअघि उनीहरुको मुद्धा किनारा लागिसकेको छ । पूर्वपति ओझाबाट सम्पत्तिको रुपमा गुह्येश्वरीको घर लिएर अहिले उनी एक्लो जीवन विताइरहेकी छन् । यो बीचमा उनी ‘ओशो सन्यासी’ पनि बनिन् ।

अभिनेत्री करिश्मा श्रेष्ठले गत फागुनमा प्रदर्शन भएको फिल्म ‘मायावी’बाट सात वर्षपछि पुनरागमन गरिन् । यो फिल्म व्यावसायिक रुपमा असफल भए पनि उनको अभिनयको निकै प्रशंसा भयो । अब यस वर्षका लागि उनी अभिनीत अन्तिम फिल्म ‘११:५५’ यही शुक्रबार (चैत ८ गते)देखि प्रदर्शनमा आउने तयारीमा छ । फिल्मको टिजर र ट्रेलर हेर्दा उनी ‘बोल्ड’ क्यारेक्टरमा रहेको देखिन्छ ।

अभिनेता सुशील श्रेष्ठले ‘डू अर डाइ’को रुपमा काम गरेको फिल्म हो, ‘आउट लः दफा २१९’ । गत बिहीबार अर्थात् होलीको दिनबाट प्रदर्शनमा आएको फिल्ममा उनले शरीरलाई नै पीडा हुने गरी थुप्रै दृश्य दिएका छन् । उनले हातमा आगो बालेर गरेको एक्सन होस् वा जेलभित्र खाएको कुटाइ, ती कुनै दृश्य ‘चिटिङ’ होइनन्, रियल हुन् । उनले कुटाइ खाएको दृश्य अझ दर्दनाक छ ।

यही चैत १५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डोरी’को ट्रेलर सार्वजनिक गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेट लम्बाईको ट्रेलर शीर्षककै वरिपरि घुमेको छ । पैसाका लागि अदृश्य शक्ति रहेको डोरी खोज्न पात्रहरुले गरेको संघर्षलाई ट्रेलरमा देखाइएको छ । कमेडी, थ्रिल र हरर दृश्यहरू समेटिएको ट्रेलर रोचक बनेको छ ।

‘द्रोपदी’ भन्ने वितिक्कै धेरैलाई याद आउने भनेको महाभारतकी प्रमुख पात्र द्रोपदी नै हो । तर, अब यो नाम आउँदा फिल्मलाई पनि याद गर्नुपर्नेछ । किनकि, ‘द्रोपदी’ नाममा फिल्म बनेको छ, जुन यही शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । नाम महाभारतको पात्रबाट लिइएको भएपनि यो धार्मिक फिल्म होइन । द्रोपदी नामकी महिला पात्रमा केन्द्रित भएर फिल्मले बहुपति प्रथाको कथा भनेको छ ।