Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘माया भनेकै यस्तो होला’को गीतमा दिल श्रेष्ठको बहुप्रेम

फिल्मीखबर, काठमाडौं, 2026/07/31

maya vanekai yasto hola

 

अभिनेत्री रेखा थापाको निर्देशनमा बनेको फिल्म ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच निर्माण पक्षले रोमान्टिक भावको गीत दर्शकमाझ ल्याएको हो । गीतमा प्रशान्त सिवाकोटीको शब्द तथा संगीत रहेको छ । गायनमा प्रशान्तलाई विज्ञानी पराजुलीले साथ दिएकी छन् । 

गीतको भिडियोमा फिल्मका चार मुख्य कलाकार दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नीति शाह र नम्रता श्रेष्ठ प्रस्तुत भएका छन् । भिडियोमा दिलको बहुप्रेम देखाइएको छ । सृष्टिसँग उनको विवाह भइरहेको देखिन्छ भने नीति र नम्रतासँग उनी रोमान्टिक देखिएका छन् । यसले फिल्मको कथा चार पात्रबीचको जटिल सम्बन्धमा आधारित रहेको संकेत दिन्छ ।

तीजको छेको पारेर भदौ २६ गतेबाट प्रदर्शन हुन लागेको फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, सृष्टि श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठ, लक्ष्मी गिरी, राजाराम पौडेल, विशाल पहाडी, संगम भण्डारी, सुजाता श्रेष्ठ, विनोद पौडेललगायतका कलाकारहरूको अभिनय रहेको छ । दिलले यही फिल्मबाट ९ वर्षपछि अभिनयमा पुनरागमन गरेका हुन् । 

पत्रकार ध्रुव लम्सालको लेखन रहेको फिल्ममा हरि नारायण श्रेष्ठ, माया देवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्माताको रूपमा छन् । फिल्ममा सुदीप बरालको छायांकन, बनिष शाहको सम्पादन, प्रशान्त सिवाकोटीको संगीत तथा गम्भीर विष्टको कोरियोग्राफी रहेको छ । फिल्मले प्रेमकथाका माध्यमबाट सामाजिक भावनालाई उठान गर्ने जनाइएको छ ।