Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3085 - 3090 of 23938
फिल्मीखबर, काठमाडौं, 2024-02-14, बुधवार

हाँस्य टेलिसिरियलमा सफल मानिएको ‘सक्किगोनि’को टिमले अब फिल्म निर्माण गर्ने भएको छ । फिल्मको शीर्षक ‘लाज शरणम्’ राखिएको छ । बुधबार वसन्त पञ्चमीको अवसर पारेर एक थिम पोस्टरमार्फत् फिल्म निर्माणको घोषणा गरिएको हो । शीर्षकले नै फिल्म कमेडी कथावस्तुमा निर्माण हुन लागेको बुझाउँछ । फिल्मलाई यसै वर्ष छायांकन गर्ने तयारी भइरहेको जानकारी प्राप्त छ ।

फिल्मीखबर, काठमाडौं, 2024-02-14, बुधवार

अभिनेत्री केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘बोक्सीको घर’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । वसन्त पञ्चमीको अवसर पारेर बुधबार सार्वजनिक पोस्टरमा एक महिलालाई रातो साडीमा कपाल फिजाएर पिपलको बोट अगाडि उभिएको अवस्थामा चित्रित गरिएको छ । र, पिपलको बोटमाथि ठूलो आकारमा पूर्णिमाको चन्द्रमालाई देखाइएको छ । पोस्टरको कन्सेप्ट डिजाइन आकर्षक देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2024-02-14, बुधवार

सर्लाहीस्थित बागमती नगरपालिकाका मेयर भरत कुमार थापाको जीवन संघर्षमा आधारित भएर बन्न लागेको फिल्म ‘मेयर’को शुभ मुहूर्त गरिएको छ । वसन्त पञ्चमी (सरस्वती पूजा)को अवसर पारेर बुधबार नारायणहिटी मन्दिरमा मुहूर्त गर्दै कलाकारको ‘लाइनअप’ पनि सार्वजनिक गरियो । दीपेन्द्र के. खनालको निर्देशनमा बन्न लागेको फिल्ममा अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउतको जोडी बाँधिनेछ । उनीहरुले पहिलोपटक एकसाथ काम गर्न लागेका हुन् ।

फिल्मीखबर, काठमाडौं, 2024-02-14, बुधवार

मोडल नीति शाहको डेब्यू फिल्म ‘खजुरे ब्रो’को सम्पूर्ण छायांकन सकिएको छ । काठमाडौं र धरानमा २५ दिन खिचेपछि मंगलबार फिल्म ‘प्याकअप’ भएको कार्यकारी निर्माता डायमन्ड उप्रेतीले जानकारी गराए । नीतिको भागको छायांकन भने एक हप्ताअघि नै सकिएको थियो । उनले यसअघि सम्झौता गरेका चारवटा फिल्ममध्ये कुनै पनि निर्माण नभएपछि ‘खजुरे ब्रो’बाट डेब्यू गरेकी हुन् ।

फिल्मीखबर, काठमाडौं, 2024-02-14, बुधवार

आज १४ फेब्रुअरी अर्थात् प्रेम दिवस (भ्यालेन्टाइन्स डे) । प्रेम जोडीहरुका लागि यो दिन एकदमै विशेष मानिन्छ । एकअर्कामा प्रेम साटासाट गर्ने वा आफूले मन पराएको व्यक्तिलाई प्रेम प्रस्ताव राख्ने उपयुक्त दिनको रुपमा प्रेम दिवसलाई लिइन्छ । सेलिब्रेटीहरुले पनि यसलाई विशेष महत्त्व दिने गरेको पाइन्छ । कतिले भ्यालेन्टाइन्स डेमै प्रेम प्रस्ताव राखेर विवाहसम्मको यात्रा तय गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2024-02-13, मंगलवार

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘दयारानी’ले बक्स अफिसमा सुखद् कमाई गरिरहेको छ । तीन दिनमा १ करोड २५ लाख कमाएको फिल्मले कामकाजी दिनमा पनि पोखरासहितका केही हलमा दर्शकको राम्रो साथ पाएको छ । विशेषगरी हलमा गुरुङ समुदायका दर्शकहरुको उपस्थिति बढी देखिन्छ । फिल्मले उठाएको कथाका कारण पनि हलमा त्यसको प्रभाव परेको हुनसक्छ ।

Results : 3085 - 3090 of 23938