Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3079 - 3084 of 23938
फिल्मीखबर, काठमाडौं, 2024-02-16, शुक्रवार

गत वर्षको सफल फिल्म ‘झिंगेदाउ’का निर्देशक ज्ञानेन्द्र देउजाको नयाँ फिल्म ‘उपहार’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार सार्वजनिक ३ मिनेटको ट्रेलरमा प्रेम, रोदन, खुसी, पीडा र कमेडीको समिश्रण छ । विशेषगरी पारिवारिक कथालाई ट्रेलरले भन्न खोजेको देखिन्छ । महानगरपालिकाले अनाधिकृत संरचना भत्काएको दृश्यबाट सुरु भएको ट्रेलर घर-झगडामा पुगेर टुंगिएको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-02-15, बिहिवार

यस वर्ष फिल्म रिलिजमा कमी आएको छ । वर्षभरि ५० हाराहारी फिल्म पनि रिलिज हुने सम्भावना देखिएको छैन । तर, आगामी वर्ष यो संख्या बढ्ने देखिन्छ । किनकि, तिहारयता फिल्म निर्माण बढेको छ । अहिले डेढ दर्जन बढी फिल्म छायांकनको तयारीमा छन् भने त्यतिक्कै संख्यामा रिलिज कुरेर बसेका छन् । फिल्म निर्माण बढेपछि कलाकार र निर्देशकको व्यस्तता पनि बढेको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-02-15, बिहिवार

सौरभ चौधरीको लेखन तथा निर्देशनमा बनेको फिल्म ‘अगस्त्य’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार एक कार्यक्रमका बीच सार्वजनिक ३ मिनेटको ट्रेलर एक्सन दृश्यले भरिएको छ । ट्रेलरको एउटा पार्टमा अभिनेताद्वय सौगात मल्ल र नाजिर हुसेनबीचको मित्रता देखाइएको छ भने अर्को पार्टमा दुवैलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ । दुवैको एक्सन छरितो र बुलन्द देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2024-02-15, बिहिवार

अभिनेत्री पूजा शर्मा पहिलोपटक एक्सन भूमिकामा प्रस्तुत हुन लागेको फिल्म ‘दान्भी’को नेपालपछि भारतको कालिम्पोङमा तेस्रो चरणको छायांकन भैरहेको छ । फिल्मको पहिलो हाफको दृश्य छायांकनका लागि निर्माण टिम कालिम्पोङ पुगेको हो । निर्देशक रुपेश तामाङका अनुसार, अहिले एक्सन र रोमान्टिक सिनको छायांकन भैरहेको छ । फिल्मको छायांकन अझै एक हप्ता हुनेछ ।

फिल्मीखबर, काठमाडौं, 2024-02-15, बिहिवार

६ महिना अगाडि फिल्म ‘ऊनको स्वीटर’को निर्माण घोषणा गर्दा गायक सुजन चापागाईंको स्वर तथा संगीत र हर्क साउदको शब्द रचनामा ‘तिमी जस्तै न्यानो’ गीतको सानो अंश सार्वजनिक गरिएको थियो । उक्त गीतलाई रुचाइएपछि धेरैले पूर्ण अंश पर्खिरहेका थिए । अन्ततः भ्यालेन्टाइन डेको अवसर पारेर गीतको पूर्ण अंश सार्वजनिक गरिएको छ । ५ मिनेट लम्बाईको गीत ‘प्रेमयुक्त’ छ ।

फिल्मीखबर, काठमाडौं, 2024-02-14, बुधवार

यही फागुन अन्तिमबाट छायांकनको तयारी भइरहेको फिल्म ‘कार्साङ’मा ‘राष्ट्रिय अवार्ड विजेता’ दीया मास्केको प्रवेश भएको छ । बुधबार सरस्वती पूजाको अवसर पारेर बौद्ध धर्मअनुसार स्क्रिप्ट पूजा गर्दै फिल्ममा दीयाको प्रवेशबारे जानकारी गराइएको हो । फिल्ममा यसअघि दयाहाङ राई, बुद्धि तामाङ, शिल्पा मास्के, सुरक्षा पन्त, माओत्से गुरुङ, पुष्कर गुरुङ अनुबन्ध भैसकेका छन् ।

Results : 3079 - 3084 of 23938