मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

जानकी मन्दिरमा मुहूर्तपछि ‘रावायण’को छायांकन सुरु

फिल्मीखबर, काठमाडौं, 2024/04/22

paul shah and pooja sharma - movie rawayan (4)

 

निर्देशक सुदर्शन थापाले आफ्नो नयाँ फिल्म ‘रावायण’को छायांकन सुरु गरेका छन् । सोमबार जनकपुरधामस्थित प्रख्यात जानकी मन्दिरमा शुभ-मुहूर्त गरेपछि त्यहाँको रेल्वे स्टेशनबाट छायांकन सुरु गरिएको हो । फिल्मको पहिलो दृश्य नै एक्सन खिचिएको छ । मुहूर्तमा निर्देशक थापासहित फिल्मका कलाकारहरु पल शाह, पूजा शर्मा, प्रमोद अग्रहरी, सुशान्त श्रेष्ठ लगायत सहभागी थिए ।

मंगलबारबाट सर्लाही जिल्लास्थित लालबन्दीमा छायांकन गरिने जानकारी प्राप्त छ । अधिकांश छायांकन त्यहीँ हुनेछ । एक्सन तथा लभस्टोरी कथामा बन्न लागेको फिल्ममा प्रियंका कार्की, पूर्व मिस नेपाल निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकालको पनि अभिनय रहनेछ । फिल्मलाई ‘लार्ज स्केल’मा निर्माण गर्ने तयारीमा निर्देशक थापा छन् ।

 

paul shah and pooja sharma - movie rawayan (1)


फिल्ममा पल एक्सन भूमिकामा प्रस्तुत हुँदैछन् । यसका उनले २२/२५ दिन एक्सनको बन्द प्रशिक्षण समेत लिएका थिए । फिल्ममा उनी दोहोरो भूमिकामा देखिनेछन् । सुदर्शन थापा र पूजा शर्माको संयुक्त निर्माण रहने फिल्मको आगामी भदौ २१ गतेलाई प्रदर्शन मिति घोषणा गरिसकिएको छ । सौरभ लामाले छायाँकन जिम्मेवारी सम्हालेको ‘रावायण’मा शिवम् अधिकारीको लेखन रहेको छ ।