
हिटमा ‘ह्याट्रिक’ जोडी दयाहाङ राई र मिरुना मगरको व्यस्तता चुलिँदो छ । लगातार तीन फिल्म ‘कबड्डी ४’, ‘जारी’ र ‘नाङ्गो गाउँ’ सफल भएपछि उनीहरुले एकपछि अर्को फिल्ममा काम गरिरहेका छन् । दशैंअघि ‘रङ्गेली’ र गत साता निर्देशक उपेन्द्र सुब्बाको दोस्रो फिल्म ‘मनसरा’को छायांकन सकिए लगत्तै उनीहरुले यही शनिबारबाट नयाँ फिल्म ‘घरज्वाइँ’को छायांकन सुरु गरेका छन् ।

अभिनेत्री राधिका आप्टेको अभिनय क्षमताको बलिउडमा जति धेरै चर्चा हुन्छ, त्योभन्दा बढी उनको अभिव्यक्ति र हर्कतलाई लिएर विवाद हुने गरेको छ । केही वर्षअघि उनले बाथरुममा नुहाइरहेको सेल्फी सार्वजनिक गरेको घटना होस् वा अबका युवतीहरु यौन सम्बन्धका लागि बिहे पर्खेर बस्दैनन् भन्दै दिएको अभिव्यक्ति नै किन नहोस्, उनी चर्चा र विवादबाट कहिल्यै टाढा भएकी छैनन् ।

डिजिटल युगसँगै नेपाली फिल्मलाई सफलताको मानक मानिने प्रदर्शनको ५१औं र सय दिन दुर्लभ बनेको छ । ‘एनलग’को जमाना यो रेकर्ड सामान्य मानिन्थ्यो । फिल्म निर्माण र प्रदर्शन कम हुने भएकाले धेरै फिल्म हलमा महिनौं टिक्थे । तर, अचेल हलमा एक हप्ता टिकिराख्न पनि नेपाली फिल्मले ठूलो संघर्ष गर्नुपर्ने अवस्था छ । यद्यपि, वर्षमा केही फिल्मले लामो यात्रा तय गर्ने गरेका छन् ।

आगामी वर्षको दशैं विदामा फिल्म रिलिज गर्न नेपाली निर्माताहरुबीच रस्साकस्सी भैरहँदा अब ठूलो चुनौती खडा भएको छ । त्यो चुनौती भनेको चाहिँ भारतीय फिल्म हो । साउथ सुपरस्टार जूनियर एन्टीआरको मुख्य भूमिका रहेको नयाँ फिल्म ‘देवरा’ले दशैंको फूलपाती अर्थात् अक्टोबर १० (२०२४)लाई प्रदर्शन मिति घोषणा गरेपछि अब नेपाली फिल्मको रिलिज प्रभावित हुने देखिएको छ ।

करिब एक वर्ष अगाडि बेलायतमा फिल्म ‘लण्डन टू पेरिस’को छायांकन गरिएको थियो । २० प्रतिशत पेरिसको दृश्य बाँकी राखेर निर्माण टिम काठमाडौंमा फर्किएको थियो । तर पछि विभिन्न कारणले पेरिसमा छायांकन गर्न सम्भव नभएपछि निर्माण टिमले यसै साता मुम्बईको एक स्टुडियोमा रहेको पेरिसको सेटमा फिल्म खिचेको छ । योसँगै अब फिल्मको सम्पूर्ण छायांकन सकिएको छ ।

फिल्म कन्टेन्टले चल्छ कि स्टारले ? यो विषयमा हरेकको आ-आफ्नै तर्क र परिभाषा हुनसक्छ । तर, वास्तविक यथार्थ के हो भने फिल्म चल्ने मुख्य आधार कन्टेन्ट नै हो । ‘स्टार भनिने कलाकारले काम गरेका फिल्म कन्टेन्टमा चुक्दा बक्स अफिसमा असफल भएका कयैन् उदाहरण छन् । कलाकारहरुको भीड थुपारेर मात्र फिल्म चल्दैन भन्ने अर्को एउटा उदाहरण बनेको छ, ‘हात्तीछाप’ ।

