मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘नाइँ नभन्नू ल ६’ हिरोको म्यूजिक भिडियोमा डेब्यू

फिल्मीखबर, काठमाडौं, 2024/04/21

Aashirwad B Chhetri

 

म्यूजिक भिडियोलाई कलाकारहरुको आम्दानीको राम्रो स्रोत मानिन्छ । लगभग एक दिनमै छायांकन सकिने, प्रचारमा खासै हिँड्न नपर्ने र पारिश्रमिक राम्रो प्राप्त हुने भएकाले फिल्ममा चलेका कलाकारहरु पनि म्यूजिक भिडियो भनेपछि लोभिन्छन् । पुरानादेखि नयाँसम्म धेरैजसोले म्यूजिक भिडियोमा अनुहार देखाइसकेका छन् । अब यो भीडमा अभिनेता आशीर्वाद क्षेत्री पनि थपिएका छन् ।

अघिल्लो वर्षको बैशाखमा प्रदर्शन भएको फिल्म ‘नाइँ नभन्नू ल ६’बाट उनले डेब्यू गरेका थिए । ठूलो ‘ब्रान्ड भ्यालू’का बावजूद पनि फिल्म भने बक्स अफिसमा असफल ठहरियो । यद्यपि, उनको लुक्स, नृत्य र एक्सनको प्रशंसा भएको थियो । यसपछि उनले नयाँ फिल्ममा काम गरेका छैनन् । बरु म्यूजिक भिडियोमा डेब्यू गरेका छन् । ‘नीरमाया’ गीतबाट उनले मोडलको परिचय थपेका हुन् ।

गीतमा आशीर्वादको जोडीको रुपमा अभिनेत्री प्रियंका कार्की र मोडल सलिना खत्री प्रस्तुत छन् । गीत, भिडियो मेकिङको कन्सेप्ट र टिम राम्रो लागेर काम गरेको उनको भनाई छ । गीतको भिडियोलाई फिल्मका स्थापित छायाँकार सञ्जय लामाले खिचेका हुन् । उनले ‘ड्रिम्स’, ‘ए मेरो हजुर’ श्रृंखला, ‘प्रेमगीत’, ‘सेतो बाघ’, ‘अगस्त्य’ लगायत तीन दर्जन बढी फिल्मको छायांकन गरिसकेका छन् ।

कृष्ण विक र स्मिता दाहालको युगल स्वर रहेको गीतमा भीम बिसीको शब्द रचना तथा संगीत छ । कृष्णका ‘हजुर मुसुक्कै’, ‘यानी माया रानी माया’, ‘रातो टिकी’ जस्ता गीत चर्चित मानिन्छन् । उनको यसअघि आएका गीतमा राजेश हमाल, निरुता सिंह, दीलिप रायमाझी लगायतले अभिनय गरेका छन् । जीबी आग्रीको निर्देशनमा तयार भएको गीतमा कविराज गहतराजको कोरियोग्राफी छ ।