मिति : २०८१ वैशाख २२, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘खुस्मा’का लागि घोडसवारी सिक्दै धीरज र उपासना

फिल्मीखबर, काठमाडौं, 2024/04/22

upasana shing thakuri and dhiraj magar

 

गत वर्ष अभिनेता धीरज मगर र अभिनेत्री उपासना सिंह ठकुरीका लागि सुखद् रहेन । धीरजको ‘ज्याकी’ र ‘एक भगवत् एक गीता’ असफल भए । उपासनाको भने ‘हात्तीछाप’ चलेन । यसैले दुवैलाई यतिबेला सफल फिल्म चाहिएको छ । र, उनीहरु पहिलोपटक फिल्म ‘खुस्मा’मा एकसाथ देखिँदैछन् । यो फिल्मको केही प्रतिशत छायांकन भइसकेको छ भने बाँकी यसै हप्ताबाट सुरु गरिँदैछ ।

यतिबेला उनीहरु फिल्मको छायांकनका लागि पूर्वी रुकुममा पर्ने दुर्गम पहाडी क्षेत्र मैकोट पुगेका छन् । रुकुम धीरजको गृहजिल्ला समेत हो । केही दिन अगाडि उनीसहित फिल्मको टिम उनको जन्मघर तकसेरा पुगेको थियो । त्यहाँ उनीहरुलाई स्थानीयले मगर संस्कृतिअनुसार स्वागत गरेका थिए । त्यसपछि तकसेराबाट पैदल यात्रा गरेर फिल्मको टिम छायांकनका लागि मैकोट पुगेको हो ।

अहिले त्यस गाउँमा धीरज र उपासनाले घोडसवारी सिकिरहेका छन् । सोमबार उपसनाले आफ्नो इन्स्टाग्राम स्टोरीमा घोडा सिक्न अभ्यास गरेको भिडियो सेअर गरेकी छन् । नेपालका दुर्गम क्षेत्रमा घोडालाई सवारीको रुपमा प्रयोग गरिन्छ । ‘खुस्मा’ पनि दुर्गम क्षेत्रको प्रेमकथामा आधारित भएर बन्न लागेकाले धीरज र उपासनाले कथाको मागअनुसार नै घोडा चढ्न सिकेको जनाइएको छ ।

अशोक थापा मगरले निर्देशन सम्हालेको फिल्ममा अस्तित्व भट्टचन, खड्क बहादुर पुन (खबपु), अरुण मगर पनि मुख्य भूमिकामा छन् । धीरजलाई जतिसक्दो चाँडो ‘खुस्मा’को छायांकन भ्याउनुपर्ने दबाब छ । किनभने उनले सम्झौता गरेको अर्को फिल्म ‘रुमानी रङ्ग’को टिम छायांकनमा निस्कने तयारीमा जुटिसकेको छ । उपासनाले भने ‘खुस्मा’बाहेक अरु कुनै फिल्म सम्झौता गरेकी छैनन् ।