मिति : २०८१ वैशाख २१, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

२० वर्षपछि रि-रिलिज भएको विजयको फिल्मले बनायो रेकर्ड

एजेन्सी, काठमाडौं, 2024/04/22

Vijay, Ghilli,

 

सुपरस्टार थलापति विजयको भारतमा ठूलो क्रेज छ । उनका फिल्म रिलिज हुँदा हलमा उत्सवजस्तै देखिन्छ । यतिबेला तमिलनाडु र कर्नाटकसहित विदेशमा उनको २० वर्ष पुरानो फिल्म ‘घिल्ली’ पुनः प्रदर्शन गरिएको छ । उनको यो फिल्मले समेत व्यापारिक रेकर्ड बनाएको छ । पिंकभिल्लाको रिपोर्ट अनुसार, फिल्मले पहिलो दिन नै विश्वभरबाट ७ करोड ५० लाखको व्यापार गरेको छ ।

यसअघि अभिनेता पवन कल्याणको २२ वर्ष पुरानो फिल्म ‘कुशी’ले रि-रिलिजमा सर्वाधिक कमाईको रेकर्ड बनाएको थियो । यसको विश्वव्यापी कमाई ७ करोड ४६ लाख थियो । ‘घिल्ली’ले पहिलो दिन नै यो रेकर्ड तोड्दै तेलुगू इन्डस्ट्रीमा रि-रिलिजको सर्वकालिक रेकर्ड बनाएको छ । यही २० अप्रिल (शनिबार) पुनः प्रदर्शन गरिएको फिल्मले दुई दिनमा १० करोडमाथि कमाएको आँकलन छ ।

सन् २००४ मा रिलिज भएको ‘घिल्ली’ ८ करोडमा बनेको थियो । त्यतिबेला फिल्मले ५० करोड कमाएको थियो । रि-रिलिजमा फेरि एकपटक फिल्मको लगानी उठेको छ । २० वर्ष पूरा भएको अवसरमा फिल्मलाई पुनः प्रदर्शन गरिएको हो । फिल्मले एउटा यस्तो युवकको कथा भन्छ, जसलाई कबड्डी खेलाडी बन्नुछ । धरणीको निर्देशन रहेको फिल्ममा विजयको अपोजिटमा तृषा कृष्णन छिन् ।