Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3091 - 3096 of 23938
फिल्मीखबर, काठमाडौं, 2024-02-13, मंगलवार

नेपाल-भारत सीमामा काँडेतार लगाउनुपर्छ भन्ने अभियान बोकेको फिल्म ‘काँडेतार’को एक्सनयुक्त ट्रेलर सार्वजनिक गरिएको छ । माओवादी निकट मानिने अभिनेता नवल खड्काले ‘जनयुद्ध दिवस’को अवसर पारेर सार्वजनिक गरेको साढे २ मिनेट लम्बाईको ट्रेलरमा सीमा अतिक्रमणको विषयलाई उठाइएको छ । ट्रेलरमा नवल हाबी छन् । उनको ‘एक्सन सिक्वेन्स’ प्रभावशाली देखिन्छ ।

फिल्मीखबर, काठमाडौं, 2024-02-13, मंगलवार

अभिनय, नृत्य र एक्सन, यी तीनवटै कुरामा निपूर्ण चकलेटी हिरोको नेपाली फिल्ममा खाँचो देखिन्छ । यसैले केही वर्षयता अनमोल केसी, प्रदीप खड्का र पल शाह निर्विकल्प बनिरहेका छन् । वर्षेनि नयाँ अनुहारको आगमन भैरहे पनि कमैले मात्र आफ्नो प्रभाव छाडेका छन् । त्यसमध्ये एक हुन्, आशिर्वाद क्षेत्री । गत बैशाखमा आएको फिल्म ‘नाईं नभन्नू ल ६’बाट उनको डेब्यू भएको थियो ।

फिल्मीखबर, काठमाडौं, 2024-02-13, मंगलवार

एक्सन र लभस्टोरी फिल्म हुँदै निर्देशक मिलन चाम्सले नेपालमै पहिलोपटक ‘जंगल वार’मा आधारित भएर फिल्म ‘गोर्खा वारियर’ बनाएका छन्, जुन यही फागुन ११ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा छ । फिल्ममा उनले गोर्खा सैनिकको बहादुरीको कथालाई मुख्य विषयवस्तु बनाएका छन् । यो कथामा फिल्म बनाउने आफ्नो वर्षौंदेखिको सपनालाई पूरा गरेको उनको भनाई छ ।

फिल्मीखबर, काठमाडौं, 2024-02-13, मंगलवार

२०५२ सालदेखि फिल्म प्रदर्शनको यात्रा सुरु गरेको चाबहिलस्थित गोपीकृष्ण हल मंगलबारदेखि बन्द भएको छ । गत शुक्रबार एक विज्ञप्तिमार्फत् फागुन १ गतेदेखि हल बन्द हुने जानकारी गराइएको थियो । कोरोना महामारीको समयदेखि बेहोर्नुपरेको आर्थिक घाटाका कारण हल बन्द गर्ने निर्णयमा पुगेको गोपीकृष्ण मुभिजका प्रबन्ध निर्देशक नीरक पौडेलले विज्ञप्तिमा उल्लेख गरेका थिए ।

फिल्मीखबर, काठमाडौं, 2024-02-12, सोमवार

गत कात्तिकयता सुस्ताएको नेपाली फिल्मको बजारलाई यही शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘दयारानी’ले केही हदसम्म राहत दिलाएको छ । शुक्रबार र शनिबार सुखद् व्यापार गरेको फिल्मले तीन दिनमा १ करोड २५ लाख कमाएको वितरक कम्पनी स्टेशन फाइभका प्रचण्डमान श्रेष्ठले जानकारी गराएका छन् । चलचित्र विकास बोर्डले फिल्मको कमाई सार्वजनिक गर्न छाडेकाले अहिले वितरक र निर्माताले उपलब्ध गराएको आँकडालाई नै आधार मान्नुपर्ने अवस्था छ ।

फिल्मीखबर, काठमाडौं, 2024-02-12, सोमवार

दशैं विदा फिल्म रिलिजका लागि सबैभन्दा उपयुक्त मानिन्छ । लामो विदा रहने भएकाले त्यसको फाइदा फिल्मको व्यापारमा पर्ने विश्वास मेकरहरुमा छ । यसैले वर्षेनि दशैं विदामा फिल्म रिलिज गर्न निर्माताहरुबीच ठूलै रस्साकस्सी हुने गर्छ । आगामी दशैंका लागि पनि अहिलेदेखि फिल्मको प्रदर्शन मिति घोषणा गर्न हानाथाप भइरहेको छ । चारवटा फिल्मले अर्को दशैं रोजिसकेका छन् ।

Results : 3091 - 3096 of 23938