Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3031 - 3036 of 23507
फिल्मीखबर, काठमाडौं, २०८० कार्त्तिक २९, बुधवार

नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाईटीका पर्व मनाइँदैछ । यमपञ्चक समेत भनिने भाईटीकामा दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार सप्तरंगी टीका लगाएर मनाइन्छ । र, यस दिन दिदीबहिनीले टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई सप्तरंगी टीका लगाउने प्रचलन रहेको छ ।

एजेन्सी, मुम्बई, २०८० कार्त्तिक २८, मंगलवार

सुपरस्टार सलमान खान र कैटरीना कैफ स्टारर फिल्म ‘टाइगर ३’ले भारतीय बक्स अफिसमा सुनामी ल्याएको छ । लक्ष्मीपूजाको अवसर पारेर आइतबारबाट प्रदर्शनमा आएको फिल्मले ४३ करोडको सानदार ओपनिङ गरेको थियो । लक्ष्मीपूजाको दिन भारतमा फिल्मको व्यापार खासै हुँदैन । किनकि, प्रायः पूजाआजामा व्यस्त हुने गर्छन् । यसका बावजूद फिल्मले ठूलो अंक जोडेको थियो ।

फिल्मीखबर, काठमाडौं, २०८० कार्त्तिक २८, मंगलवार

नेपाली फिल्मका लागि दशैंजस्तै तिहार पनि सन्तोषजनक देखिएको छ । दशैंमा दुईटा ठूला विदेशी फिल्मका बावजूद दुई नेपाली फिल्म ‘परदेशी २’ र ‘पशुपति प्रसाद २ : भष्मे डन’ले सानदार कमाई गरेका थिए । अब तिहार विदाको फाइदा निश्चल बस्नेतद्वारा निर्देशित फिल्म ‘दिमाग खराब’लाई मिलिरहेको छ । ओपनिङ अपेक्षाकृत नभए पनि तिहार विदामा फिल्मको व्यापार बढेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० कार्त्तिक २७, सोमवार

चाडपर्वमा रौनकता थप्न गीतको ठूलो भूमिका रहन्छ । किनभने, चाडपर्वको माहोल र संस्कृति गीतले बोल्ने गर्छन् । एक हिसाबले गीतसंगीत बिना नेपालीहरुको चाडपर्व नै अधुरो मानिन्छ । यसैले त वर्षेनि दशैं-तिहारलाई लक्षित गरेर धेरै गीतहरु सार्वजनिक हुने गरेका छन् । तर, चर्चा एकाधको मात्रै हुन्छ । त्यो पनि सीमित समयसम्म । बरु दशकअघिका गीतहरु नै चाडपर्वमा चर्चित छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० कार्त्तिक २६, आईतवार
फिल्मीखबर, काठमाडौं, २०८० कार्त्तिक २६, आईतवार

महाशिवरात्रीको अवसर पारेर आगामी फागुन २५ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘रङ्गेली’मा अभिनेता दयाहाङ राई ग्याङस्टार भूमिकामा देखिने भएका छन् । आइतबार लक्ष्मीपूजाको अवसर पारेर सार्वजनिक गरिएको फर्स्टलुक पोस्टरमा उनी बन्दुक ताकेको अवस्थामा चित्रित छन् । कानमा मुद्रा लगाएका उनी ‘रफटफ’ देखिन्छन् । उनलाई ‘विजय’ नामबाट चिनाइएको छ ।

Results : 3031 - 3036 of 23507