
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले केन्द्रीय चलचित्र जाँच समितिलाई पत्र लेख्दै नेपालको मौलिकता, धर्म संस्कृति, इतिहास, नेपाल र नेपालीको स्वाधीनता र स्वाभिमानमा आँच आउने संवाद र दृश्य प्रसारणमा रोक लगाउन आग्रह गरेका छन् । एक राष्ट्रले अर्को राष्ट्रको बारेमा नराम्रो फिल्म बनाएको अवस्थामा त्यसको पनि प्रशारण रोक्न बालेनले सुझाव दिएका छन् ।

निर्देशक निश्चल बस्नेतले ११ वर्षको अवधिमा ‘लुट’, ‘टलकजंग भर्सेस टुल्के’, ‘लुट २’ र हाल प्रदर्शनरत ‘दिमाग खराब’ गरि चारवटा फिल्म बनाए । यी चारवटै फिल्ममा कुनै न कुनै रुपमा राजनीति जोडिएको छ । ‘दिमाग खराब’लाई त राजनीतिक विषयमा बनेको फिल्मको रुपमा धेरैले ब्याख्या गरेका छन् । भलै, निश्चल यो स्वीकार गर्दैनन् । फिल्ममा सामाजिक कथा रहेको उनको अडान छ ।

यस वर्ष अभिनेत्री वर्षा सिवाकोटीका लागि सुखद् बन्यो । ७ वर्षपछि उनले हिट फिल्म पाएकी छन् । दशैंको अवसर पारेर असोज २६ गते प्रदर्शन भएको फिल्म ‘परदेशी २’ व्यावसायिक रुपमा सफल हुँदा उनको करिअरलाई ठूलो राहत मिलेको छ । श्रृंखलाबद्ध रुपमा फिल्म असफल भैरहँदा पनि उनी कामविहीन भने हुनु परेको थिएन । फिल्म तथा म्यूजिक भिडियोमा राम्रै व्यस्तता थियो ।

कात्तिक २४ गतेदेखि प्रदर्शनमा उत्रिएको फिल्म ‘दिमाग खराब’का निर्देशक निश्चल बस्नेत र निर्माता रौनक विक्रम कडेलले विदेशी फिल्मसरह शोज र फिल्म चलुन्जेल निर्मातालाई ५० प्रतिशत सेयर नदिए प्रदर्शन रोक्ने घोषणा गरेपछि फिल्म क्षेत्रमा ठूलै हलचल आयो । निर्मातादेखि कलाकारसम्म फिल्मले गरेको निर्णयको पक्षमा उभिएपछि प्रदर्शक र वितरकलाई ठूलो दबाब सिर्जना भयो ।

मंसिर २९ गतेबाट प्रदर्शनमा आउन लागेको उदय सुब्बा निर्देशित फिल्म ‘दुई कदम’को एक गीत दुई दिन लगाएर काठमाडौंको ठमेलस्थित १० एक्स क्लबमा छायांकन गरिएको छ । ‘ए मेरा बाबै नि’ बोलको डान्सिङ गीतमा फिल्मका मुख्य अभिनेता इओन लिम्बुले नृत्य गरेका छन् भने उनलाई अभिनेत्री वर्षा सिवाकोटीले साथ दिएकी छन् । फिल्मको यो गीतमा मात्र वर्षा देखिनेछिन् ।

गण्डकी प्रदेशका सांसद् तथा पूर्व खेलकुदमन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे)ले फिल्म ‘कंगारु’ निर्माण गर्ने भएका छन् । सस्पेन्स, थ्रिलर र कमेडी जनरामा बन्न लागेको फिल्मको निर्देशन भने सम्राट बस्नेतले गर्नेछन् । द्वन्द्व निर्देशनमा स्थापित उनले यस अगाडि ‘पासवर्ड’ र ‘लाखे’ गरि दुई फिल्मको निर्देशन गरिसकेका छन् । फिल्मको स्क्रिप्ट लेखनमा मात्रै २ वर्ष लागेको उनको भनाई छ ।

