Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3049 - 3054 of 23938
फिल्मीखबर, काठमाडौं, 2024-02-23, शुक्रवार

‘ऐंचो पैंचो’ निर्देशक कृषा चौलागाईले आफ्नो दोस्रो निर्देशकीय फिल्म ‘पिताम्बर’को छायांकन सुरु गरेकी छन् । शुक्रबार बिहान नवलपरासीको त्रिवेणी धाम (मन्दिर)मा शुभमुहूर्त गर्दै फिल्मको छायांकन थालिएको हो । नवलपरासीसहित बुटवल र नेपालगञ्जमा पहिलो चरणअन्तर्गत १५ दिनको छायांकन हुनेछ । फिल्मको दोस्रो चरणको छायांकन भने आगामी बैशाखमा हुने जनाइएको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-02-23, शुक्रवार

निर्देशक मिलन चाम्स पूर्व बिट्रिस गोर्खा सैनिक हुन् । तर, फिल्मप्रतिको मोहका कारण उनले जागिरे जीवन नै त्यागिदिए । यद्यपि, उनलाई गोर्खा सैनिकको कथामा फिल्म बनाउने हुटहुटी थियो । त्यही हुटहुटीले जन्मिएको हो, ‘गोर्खा वारियर’ । अनुसन्धान तथा छायांकन र पोस्ट प्रोडक्सन गरी उनले यो फिल्मलाई १० वर्ष समय दिएका छन् । र, शुक्रबारबाट उनको परीक्षा सुरु भएको छ ।

फिल्मीखबर, काठमाडौं, 2024-02-22, बिहिवार

‘इन्टु मिन्टु लण्डनमा’ जोडी साम्राज्ञी आरएल शाह र धीरज मगरले दोस्रोपटक एकसाथ काम गर्न लागेको लभस्टोरी फिल्म ‘रुमानी रंग’को निर्माण घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच फिल्मको घोषणा गर्दै ‘स्टोरीलाइन’को बारेमा पनि जानकारी गराइयो । ‘डायरी’ निर्देशक अनिल योञ्जनको निर्देशन रहने फिल्मको आगामी बैशाखबाट छायांकन सुरु गरिनेछ ।

फिल्मीखबर, काठमाडौं, 2024-02-22, बिहिवार

बलिउड अभिनेत्री रकुल प्रीत सिंह र निर्माता तथा अभिनेता ज्याकी भगनानीले तीन वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका छन् । बुधबार साउथ गोवास्थित आईटीसी ग्राण्ड होटलमा उनीहरुको विवाह भएको हो । रकुल र ज्याकीले विवाहका केही तस्वीरहरु आ-आफ्नो सामाजिक सञ्जालमार्फत् सार्वजनिक गर्दै सधैंका लागि एकअर्काको हुन पाएकोमा खुसी व्यक्त गरेका छन् ।

फिल्मीखबर, काठमाडौं, 2024-02-22, बिहिवार

नाटकबाट फिल्ममा आएका कलाकारहरुले ‘लाउड’ अभिनय गर्छन् भन्ने भाष्य निर्माण भएको छ । केही हदसम्म यसमा सत्यता छ । अभिनेता सौगात मल्लकै कुरा गर्ने हो भने प्रायः फिल्ममा उनी ‘लाउड’ नै सुनिन्छन् । यसैले उनको अक्सर आलोचना हुने गर्छ । पछिल्लो फिल्म ‘हात्तीछाप’मा पनि उनको ‘लाउड’ अभिनय थियो । यसलाई उनी फिल्मको कथा र निर्देशकको कमजोरी मान्छन् ।

Results : 3049 - 3054 of 23938