मिति : २०८१ ज्येष्ठ ५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अडिसन दिएर पनि ‘लापता लेडीज्’मा नछानिएका आमिर

फिल्मीखबर, काठमाडौं, 2024/05/04

Aamir Khan & Kiran Rao join hands again for 'Laapataa Ladies'

 

फिल्म चल्न स्टार होइन, स्क्रिप्ट नै हिरो हुनुपर्छ भन्ने मान्यतालाई बलिउडमा बलियोसँग स्थापित गरेको फिल्म हो, ‘लापता लेडीज्’ । यो ५ करोडको बजेटमा बनेको फिल्म हो । गत अप्रिलमा रिलिज भएको फिल्मले भारतमा मात्र २४ करोड हाराहारी व्यापार गरेको थियो । र, अहिले ओटीटीमा धूम मच्चाइरहेको छ । नेपालमा समेत फिल्मको कन्टेन्टलाई लिएर यतिबेला ठूलो चर्चा भइरहेको छ ।

बलिउड अभिनेता आमिर खानकी पूर्वश्रीमती किरण रावको निर्देशनमा तयार भएको फिल्ममा रवि किशन, स्पर्श श्रीवास्तव, प्रतिभा रन्टा, नितान्शी गोयल आदिको मुख्य भूमिका छ । यसमध्ये रविले निभाएको प्रहरीको भूमिका पहिला आमिरले गर्ने इच्छा देखाएका थिए । त्यसका लागि उनले अडिसन समेत दिएका थिए । अडिसनमा बुलन्द प्रस्तुति दिए पनि किरणले आमिरलाई लिन चाहिनन् ।

किरणले एक अन्तर्वार्तामा भनेकी छन्, ‘हामीले लामो समय छलफल गरेका थियौं । उनलाई त्यो रोल एकदमै मन परेको थियो । र, उनी त्यसमा काम गर्न चाहन्थे । आमिरले अडिसन पनि दिए र राम्रोसँग रोल निभाए । तर, जब मैले रवि किशनलाई देखेँ र दुवैलाई तुलना गरेँ, त्यसपछि मलाई लाग्यो कि यो रोलमा रविले अझ न्याय गरेका छन् ।’ उनी रविलाई उम्दा कोटीको कलाकार मान्छिन् ।

किरणले आमिरलाई नलिनुको कारण पनि अर्थपूर्ण छ । आमिर हुँदा दर्शकमा एकखालको अपेक्षा हुन्छ भन्ने उनलाई लाग्छ । ‘जब आमिर कुनै रोलमा हुन्छन् भने त्यसमा एकखालको अपेक्षा दर्शकले पहिल्यै गरेका हुन्छन्,’ उनी भन्छिन्, ‘तर, रविको हकमा यस्तो थिएन । यसैले रविले त्यो रोल राम्रोसँग गर्छन् भन्ने मलाई विश्वास थियो । सायद त्यो रोल उनी जत्ति राम्ररी अरुले गर्न सक्दैन थिए ।’