Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3025 - 3030 of 23507
फिल्मीखबर, काठमाडौं, २०८० मंसिर २, शनिवार

तिहारको माहोललाई मध्यनजर गर्दै कात्तिक २४ गतेबाट प्रदर्शनमा आएको निश्चल बस्नेतद्वारा निर्देशित फिल्म ‘दिमाग खराब’ले दुई दिन निराशाजनक व्यापार गर्‍यो । हलमा दर्शक सिला खोज्नुपर्ने स्थिति थियो । त्यसमाथि आइतबारबाट बलिउड सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘टाइगर ३’ आउँदा फिल्म ‘रेड जोन’मा थियो । धेरैजसो मल्टीप्लेक्सहरुमा शोज पनि ठूलो मात्रामा खोसियो ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर २, शनिवार

‘प्रेमगीत’ निर्माता सन्तोष सेनले सोलो निर्देशकको रुपमा डेब्यू गर्न लागेको फिल्म ‘बलिदान’लाई लिएर धेरैमा चासो देखिएको छ । ६ करोड बजेट पूर्वअनुमान गरिएको फिल्ममा अभिनेता अर्पण थापा अनुबन्ध भैसकेका छन् भने अर्को मुख्य भूमिकामा अभिनेता सौगात मल्ल अनुबन्ध भएको जानकारी प्राप्त छ । शुक्रबार उनीसँग निर्माता सेनले कागजी सम्झौता गरिसकेको स्रोतको दाबी छ ।

फिल्मीख, काठमाडौं, २०८० मंसिर १, शुक्रवार

तिहारको अवसर पारेर कात्तिक २४ गतेबाट प्रदर्शनमा आएको निश्चल बस्नेतद्वारा निर्देशित फिल्म ‘दिमाग खराब’ले नेपालमा सुखद् व्यापार गरिरहेको अवस्थामा शुक्रबारबाट मध्यपूर्वका देशहरुमा पनि प्रदर्शन सुरु भएको छ । दुबई, बहराइन र कतारमा एकसाथ फिल्म प्रदर्शनमा आएको वितरक अनिशसिंह ठकुरीले जानकारी दिए । साथै, फिल्मले सुखद् ‘ओपनिङ’ गरेको उनको दाबी छ ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर १, शुक्रवार

ट्राफिक नियम र प्रहरीको कथामा आधारित भएर निर्माण भएको यज्ञजंग विके (आयुष बिसी) निर्देशित फिल्म ‘रेड अन’को टिजर सार्वजनिक गरिएको छ । शुक्रबार युट्युबमार्फत् सार्वजनिक १ मिनेट ४३ सेकेण्ड लम्बाईको टिजरमा इमानदार र निडर प्रहरीको कथालाई प्रस्तुत गरिएको छ । फिल्मले ट्राफिक नियमलाई पालन गर्नुपर्ने सन्देश दिने निर्देशक यज्ञजंगले जानकारी दिएका छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० कार्त्तिक ३०, बिहिवार

फिल्म ‘दिमाग खराब’का निर्माता रौनक विक्रम कडेल र निर्देशक निश्चल बस्नेतले विदेशी फिल्म (टाइगर ३) बराबर शोज र फिल्म चलुन्जेल निर्मातालाई ५० प्रतिशत शेयर नदिए शुक्रबारबाट फिल्मलाई उतार्ने घोषणा गरेका थिए । यस विषयमा बिहीबार प्रदर्शक र वितरकहरुको संस्था नेपाल चलचित्र संघ र निर्माताबीच भएको छलफलपछि मंगलबारसम्म प्रदर्शन नरोक्ने सहमति भएको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० कार्त्तिक २९, बुधवार

शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘दिमाग खराब’ले ओपनिङ कमजोर गरे पनि तिहार विदामा व्यापार बढाएको छ । फिल्मको ‘वर्ड अफ माउथ’ राम्रो छ । तर, आइतबारबाट प्रदर्शनमा आएको बलिउड सुपरस्टार सलमान खान अभिनीत फिल्म ‘टाइगर ३’का कारण मल्टीप्लेक्सहरुमा फिल्मको शो खुम्चिन पुगेको छ । यो अवस्थामा फिल्मलाई लगानी सुरक्षित गर्न नै मुश्किल पर्ने देखिन्छ ।

Results : 3025 - 3030 of 23507