मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 5.00/5.00)
Text size:-
+
-

‘मनसरा’ गीत : मिरुनाको छोरासँग प्रवीणको निकटता

फिल्मीखबर, काठमाडौं, 2024/05/06

MANSARRA

 

कवि उपेन्द्र सुब्बाको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘एक तार मनको’ बोलको गीतमा हर्क साउदको शब्द रचना छ भने सुशान्त गौतमको स्वर तथा संगीत छ । गीतमा प्रविण खतिवडा र बाल कलाकार नेनाहाङ राईबीचको निकटता देखाइएको छ । फिल्ममा नेनाहाङले अभिनेत्री मिरुना मगरको छोराको भूमिकामा अभिनय गरेका छन् ।

शुक्रबारबाट प्रदर्शनमा आएको ‘मनसरा’ले दुई दिन (शुक्रबार र शनिबार) सुखद व्यापार गर्‍यो । तर, त्यो अपेक्षाकृत थिएन । कवि सुब्बाको अघिल्लो फिल्म ‘जारी’को ओपनिङ नै आक्रामक थियो । यसपटक पनि त्यो दोहोरिन सक्ने प्रक्षेपण गरिएको थियो । तर, फिल्मको चर्चाअनुरुप हलमा दर्शकको चाप देखिएको छैन । यद्यपि, बलियो ‘वर्ड अफ माउथ’ प्राप्त भएकाले फिल्मले विस्तारै गति समात्ने विश्वास निर्माण टिमको छ ।

फिल्ममा दयाहाङ राई, मेनुका प्रधान, हेमन्त बुढाथोकी, शान्ति गिरी, विप्लव प्रतीक, जीवन बराल, लोकमणी सापकोटा लगायतको पनि अभिनय छ । काँठ क्षेत्रमा बसोबास गर्ने गरिखाने वर्गको संघर्ष र फरक जातीय पृष्ठभूमिका दुई छिमेकीबीचको सम्बन्धको आयामलाई फिल्मले कथाको मियो बनाएको छ । फिल्मका निर्माता तथा छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् ।