मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

त्रिविका ग्राउन्ड स्टाफलाई ‘मनसरा’को एक लाख पुरस्कार

फिल्मीखबर, काठमाडौं, 2024/05/05

Ground Staff

 

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको नेपाल र वेष्टइण्डिजबीचको पाँच खेलमा शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म ‘मनसरा’ले पनि सहकार्य गरेको थियो । हरेक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई निर्माताले पुरस्कार प्रदान गरेका थिए । शनिबार भएको अन्तिम खेलमा भने फिल्मको टिमले भिन्न अभ्यास गर्‍यो । यसपटक खेलाडीलाई नभइ ग्राउन्ड स्टाफलाई पुरस्कार प्रदान गरियो ।

फिल्मका निर्माता तथा छायाँकार शैलेन्द्र ध्वज कार्कीले त्रिवि मैदानको रेखदेख गर्ने एकजना ग्राउन्ड स्टाफलाई एक लाख रुपैयाँको पुरस्कार प्रदान गरे । खेल सफल बनाउन ग्राउन्ड स्टाफको पनि ठूलो भूमिका हुने भएकाले उनीहरुको प्रोत्साहनका लागि पुरस्कार प्रदान गरिएको निर्माता कार्कीले बताए । खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई भने १० हजार पुरस्कार प्रदान गरिएको थियो ।

उपेन्द्र सुब्बाद्वारा निर्देशित ‘मनसरा’ले शुक्रबार र शनिबार सन्तोषजनक व्यापार गर्‍यो । आइतबार पनि फिल्मको अकुपेन्सी सुखद देखिएको छ । ‘वर्ड अफ माउथ’ बलियो भएकाले आगामी दिनमा पनि फिल्मको व्यापार बढ्ने अपेक्षा निर्माण टिमको छ । फिल्म हेर्ने दर्शकले कथावस्तु, निर्देशन, लेखन र कलाकारहरुको अभिनयको प्रशंसा गरेका छन् । फिल्मले समीक्षा पनि राम्रो पाएको छ ।

‘मनसरा’मा दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा, मेनुका प्रधान, हेमन्त बुढाथोकी, नेनहान राई (बाल कलाकार) आदिको अभिनय छ । फिल्ममा सबै कलाकारमाथि प्रवीण हावी देखिएका छन् । उनी फिल्मका मेरुदण्ड हुन् । काँठ क्षेत्रमा बसोबास गर्ने गरिखाने वर्गको संघर्ष र फरक जातीय पृष्ठभूमिका दुई छिमेकीबीचको सम्बन्धको आयामलाई फिल्मले कथाको मियो बनाएको छ ।