मिति : २०८१ ज्येष्ठ ६, आईतवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मलिकाको ‘सतीदेवी’ साउन ४ मा आउने

फिल्मीखबर, काठमाडौं, 2024/05/06

satidevi

 

पत्रकारिता हुँदै फिल्म निर्देशनमा होमिएका लक्ष्मण सुवेदी निर्देशित तेस्रो फिल्म ‘सतीदेवी’को प्रदर्शन मिति घोषणा गरिएको छ । सोमबार वितरक कम्पनीसँग कागजी सम्झौतापछि निर्देशक सुवेदीले आगामी साउन ४ गतेलाई फिल्मको प्रदर्शन मिति घोषणा गरेका हुन् । अहिलेसम्म यो मितिमा अरु फिल्म छैनन् । यसर्थ फिल्मलाई एकल रिलिजको सम्भावना देखिन्छ ।

अघिल्लो वर्ष फर्स्टलुक पोस्टर सार्वजनिक भएपछि फिल्मको चर्चा चुलिएको थियो । पोस्टरमा अभिनेत्री मलिका महत जुत्ताको माला र कालो मोसो दलेको अवस्थामा चित्रित थिइन् । फिल्मले विभिन्न फेस्टिभलहरुमा महत्त्वपूर्ण विधामा अवार्ड समेत जितिसकेको छ । यसले गर्दा पनि दर्शकलाई फिल्म मनपर्नेमा निर्देशक सुवेदी विश्वस्त छन् ।

फिल्ममा मलिकासहित रमेश बुढाथोकी, भोलाराज सापकोटा, कुलदीप अधिकारी, सन्दीपबाबु लोहनी, सृजना अधिकारी, मनिषा सापकोटा, सुजिता सिवाकोटी, तुलसी श्रेष्ठ लगायतको अभिनय छ । दिलासा र साराको प्रस्तुति रहेको फिल्मको निर्माता श्रीदेवी, दिलासा र सारा सुवेदी हुन् । बाबु र छोरीहरुबीचको सम्बन्धको आरोह-अवरोहलाई मियो बनाएर फिल्मले कथा भनेको छ ।

दिलाशा क्रियसन तथा गोल्डेन स्टेट मुभी मेकर्स एलएलसी क्यालिफोर्नियाको सहकार्यमा निर्माण भएको फिल्ममा निर्देशक सुवेदी स्वयंको लेखन छ भने बाबु श्रेष्ठले छायांकन, दीपक शर्मा र सुवास भुसालको संगीत तथा रामजी लामिछानेको कोरियोग्राफी छ । फिल्मको वितरण काठमाडौं उपत्यकामा रिच इन्टरटेन्टमेन्ट र उपत्यकाबाहिर एफडी कम्पनीले गर्नेछ ।