Nepal's No.1 Filmy Web Magazine

Most Recent News Headlines
Results : 3007 - 3012 of 23507
फिल्मीखबर, काठमाडौं, २०८० मंसिर ७, बिहिवार

‘प्रकाश’ फेम्ड निर्देशक दिनेश राउतले आफ्नो सातौं फिल्मको घोषणा गरेका छन् । उनले बिहीबार फेसबुकमार्फत् ‘पुजार सार्की’ शीर्षकमा फिल्म निर्माणको घोषणा गरेका हुन् । वास्तविक कथा र पात्रबाट प्रभावित भएर निर्माण हुन लागेको फिल्मको छायांकन आगामी माघ महिनाको पहिलो साताबाट सुरु हुने जानकारी गराइएको छ । फिल्मको सम्पूर्ण छायांकन पश्चिम नेपालमा गरिनेछ ।

एजेन्सी, मुम्बई, २०८० मंसिर ७, बिहिवार

‘कबीर सिंह’ जस्तो सुपरहिट फिल्म दिएका निर्देशक सन्दीप रेड्डी भांगा लिखित तथा निर्देशित फिल्म ‘एनिमल’को ट्रेलर सार्वजनिक गरिएको छ । ३ मिनेट ३२ सेकेण्ड लम्बाईको ट्रेलर ‘पावर प्याक्ड’ छ । अभिनेता रणवीर कपूरलाई प्राथमिकता दिइएको ट्रेलरमा बाबु-छोराको दुश्मनी र बुबाका लागि छोराले गर्ने लडाईंलाई चित्रित गरिएको छ । ट्रेलरमा रणवीर ‘एङ्ग्री’ अवतारमा प्रस्तुत छन् ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर ७, बिहिवार

लामो समय रंग पत्रकारितापछि फिल्म निर्देशनमा होमिएका लक्ष्मण सुवेदीद्वारा निर्देशित नयाँ फिल्म ‘सतीदेवी’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । अभिनेत्री मलिका महतलाई मात्र प्रस्तुत गरिएको पोस्टर पृथक छ । उनलाई जुत्ताको माला र कालो मोसो दलेर गाउँलेहरुले लखेटिरहेका छन् । गाउँको परिवेशलाई पृष्ठभूमिमा राखिएको पोस्टरले फिल्म महिला केन्द्रित रहेको बुझाउँछ ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर ७, बिहिवार

तिहारको छेको पारेर प्रदर्शनमा आएको निश्चल बस्नेतद्वारा निर्देशित फिल्म ‘दिमाग खराब’ले एउटा साधारण मान्छेको कथा भनेको छ । राज्यको माथिल्लो तहमा बस्ने व्यक्तिले सर्वसाधारणलाई कुन रुपले हेर्छन् र कस्तो व्यवहार गर्छन् भन्ने विषयमा फिल्म केन्द्रित छ । एकातिर फिल्मले उठाएको विषय चर्चामा रहँदा अर्कोतिर फिल्मका निर्माताले उठाएको मागले ठूलो बहस सृजना गरेको छ ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर ७, बिहिवार

फिल्मको चर्चादेखि व्यापारसम्म गीतले ठूलो अर्थ राख्छ । गीत लोकप्रिय हुँदा फिल्मको राम्रो हाइप निर्माण हुन्छ भने केही हदसम्म हलको व्यापारमा पनि फाइदा पुग्छ । यसैले नेपाली मेकरहरुले गीत छनोटमा विशेष ध्यान दिने गरेका छन् । र, भिडियो निर्माणमा पनि कुनै चीजमा ‘कञ्जुसाइँ’ गर्दैनन् । अहिलेको अवस्थामा एउटा गीतको अडियो र भिडियोमा मात्र १० लाख बढी खर्च हुने गर्छ ।

फिल्मीखबर, काठमाडौं, २०८० मंसिर ६, बुधवार

अभिनेत्री तथा निर्मात्री श्वेता खड्कालाई पितृशोक परेको छ । उनका बुवा ओतबहादुर खड्काको मंगलबार साँझ काठमाडौंस्थित निजी निवास बनस्थलीमा निधन भएको हो । ओतबहादुर १०१ वर्षका थिए । पूर्व सैनिक समेत रहेका उनको सेनाको सलामीसहित मंगलबार साँझ नै पशुपति आर्यघाटमा हिन्दू परम्पराअनुसार अन्तिम संस्कार गरिएको छ । पिताको निधनले श्वेता विक्षिप्त छिन् ।

Results : 3007 - 3012 of 23507