Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आकाशले स्वीकार गरे करुणासँगको प्रेम, भने− ‘पाँच वर्षको हाम्रो साथ’

फिल्मीखबर, काठमाडौं, 2026/08/18

aakash shrestha and karoona shrestha

 

अभिनेता आकाश श्रेष्ठ फिल्मभन्दा ज्यादा प्रेम सम्बन्धका कारण चर्चामा रहन्छन् । जसले उनको कामलाई पनि ओझेलमा पार्ने गरेको छ । विगत एक दशकमा उनको केही अभिनेत्रीसँग नाम जोडिसकेको छ । एक अभिनेत्रीसँग उनी बिहेको योजनामा समेत थिए । तर, त्यो सम्बन्ध लामो समय टिक्न सकेन । विगत पाँच वर्षयता भने उनी अभिनेत्री तथा मोडल करुणा श्रेष्ठको प्रेममा छन् । 

केही वर्षअघिसम्म आकाशले करुणासँगको प्रेम सम्बन्ध नकार्दै आएका थिए । मिडियामा यो विषयको चर्चा हुँदा उनको एउटै जवाफ हुन्थ्यो− ‘हामी साथी मात्र हौँ ।’ तर, पछिल्लो समय उनले घुमाउरो ढंगले करुणासँगको प्रेम स्वीकार गर्दै आएका छन् । विशेषगरी करुणाको जन्मदिनमा उनले सामाजिक सञ्जालमा लेख्ने शब्दले गहिरो प्रेमको आभास गराउने गरेको छ । 

सोमबार भने उनले पहिलो पटक खुलेरै करुणासँगको प्रेम सम्बन्ध स्वीकार गरेका छन् । उनले इन्स्टाग्राममा करुणासँगका दुई तस्वीर पोस्ट गर्दै आफूहरू पाँच वर्षदेखि साथमा रहेको उल्लेख गरेका छन् । उनले लेखेका छन्, ‘पाँच वर्षको हाम्रो साथ, पछाडि छोडिएका अनगिन्ती सुन्दर पलहरू, अझै बाँच्न बाँकी अनगिन्ती खुसीका क्षणहरू, अनि अनन्तसम्म सँगै रहने एउटा जीवन ।’

निकट स्रोतका अनुसार आकाश र करुणा यसै वर्ष विवाह गर्ने योजनामा छन् । यसका लागि परिवारले समेत उनीहरूलाई मञ्जुरी दिइसकेको बताइन्छ । करुणा र आकाश एकअर्काको परिवारसँग पनि निकै घुलमिल भइसकेका छन् । करुणालाई त धेरैपटक दर्शकले आकाशकी आमासँग काठमाडौंका सपिङ मलमा किनमेल गरिरहेको अवस्थामा समेत भेटेका छन् ।

आकाश र करुणाको भेट म्यूजिक भिडियोमा काम गर्ने क्रममा भएको थियो । त्यसपछि सुरु भएको उनीहरूको मित्रता बिस्तारै प्रेममा परिणत भयो । विगत पाँच वर्षमा उनीहरूले दर्जनौं गीतमा अभिनय गरिसकेका छन् । म्यूजिक भिडियोमा आउनुअघि करुणाले ‘१०० कडा १०’बाट फिल्ममा डेब्यू गरेकी थिइन् । आकाशले भने एक दर्जनभन्दा बढी फिल्म खेलिसकेका छन् ।

Most Visited News (monthly)