
अभिनेत्री प्रियंका कार्की र गायक दुर्गेश थापाबीच सुमधुर सम्बन्ध छ । चर्चित गीत ‘दुश्मन हेरेको हेर्यै’पछि उनीहरू एकअर्कासँग अझ नजिक भएका छन् । उनीहरूको सम्बन्ध यति मजबुत बनेको छ कि प्रियंकालाई दुर्गेशले एउटा गीत नै उपहार स्वरूप दिएका छन् । प्रियंकाले पहिलो पटक निर्माण गरेको फिचर फिल्म ‘मास्टर्नी’को प्रमोसनका लागि दुर्गेशले गीत तयार गरेका हुन् ।

यही शुक्रबार (१ साउन)बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘गौँथली’को सोमबार साँझ काठमाडौंको सुन्धारास्थित सिभिल मलको क्यूएफएक्स हलमा प्रिमियर शो सम्पन्न भयो । ७ सयभन्दा बढीको उपस्थिति रहेको प्रिमियरमा फिल्मले लोभलाग्दो प्रतिक्रिया पाएको छ । फिल्म हेरेपछि विशेषगरी महिला दर्शकहरू गहभरि आँसु लिएर हलबाट निस्किएका थिए ।

‘पप सम्राट’ माइकल ज्याक्सनको जीवनमा आधारित फिल्म ‘माइकल’ विश्व बक्स अफिसमा १ अर्ब डलर पार गर्ने पहिलो बायोपिक बनेको छ । यसले कमाइमा सन् २०२३ को ‘ओपेनहाइमर’लाई पछि पारेको हो । भौतिकशास्त्री जे. रोबर्ट ओपेनहाइमरको जीवनमा आधारित यो फिल्मको विश्वव्यापी कमाइ ९७ करोड ५० लाख डलर थियो ।

गत जेठ १५ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘रोल नं. १’ले घरेलु बक्स अफिसमा १ करोड ७७ लाख ६ हजार ५८३ रुपैयाँ ग्रस कमाइ गरेको छ । सोमबार चलचित्र विकास बोर्डले सार्वजनिक गरेको फिल्मको उक्त कमाइ हिजो आइतबार (२८ असार)सम्मको हो । फिल्मले पछिल्लो सात दिनमा २ लाख २० हजार ९२५ रुपैयाँ कमाइ गरेको देखिन्छ ।

फिल्म निर्देशक तथा अभिनेत्री दीपाश्री निरौलाको ‘ब्रेन ट्युमर’को शल्यक्रिया गरिएको छ । मंगलबार काठमाडौँको माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा वरिष्ठ न्यूरो सर्जन डा. वसन्त पन्त नेतृत्वको चिकित्सक टोलीले उनको शल्यक्रिया गरेको हो । शल्यक्रिया सफल भएको कलाकार दीपकराज गिरीले जानकारी दिएका छन् ।


