Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सौगात र दयाहाङसँग ‘साम्राज्य’मा देखिँदै विजय

फिल्मीखबर, काठमाडौं, 2026/08/19

bijay baral

 

‘अगस्त्य’का निर्देशक सौरभ चौधरीको आगामी फिल्म ‘द राइज अफ साम्राज्य’मा ‘स्टार’ कलाकारको पल्टन नै हुने भएको छ । सौगात मल्ल, दयाहाङ राई र नाजिर हुसेन अनुबन्धित भइसकेको फिल्ममा अब कीर्तिमानी अभिनेता विजय बरालको प्रवेश भएको छ । बुधबार निर्देशक चौधरीले विजयलाई फिल्मको मुख्य भूमिकामा अनुबन्धित गरेको जानकारी दिएका हुन् ।

विजयको प्रवेशसँगै फिल्मको ‘लाइनअप’ले दर्शकको पनि ध्यान तानेको छ । अझ रोचक संयोग के छ भने फिल्ममा अनुबन्धित भएका चारजनै कलाकार थिएटर पृष्ठभूमिका हुन् । यसअघि उनीहरूले केही फिल्ममा एकअर्कासँग काम गरिसकेका छन् । विशेषगरी ‘कबड्डी’ श्रृंखलामा सौगात, दयाहाङ र विजयको केमेस्ट्री दर्शकले निकै रुचाएका थिए । 

‘कर्नाली ब्लुज’ र ‘फिरफिरे’ जस्ता उपन्यासका लेखक बुद्धिसागरको लेखन रहेको फिल्ममा प्रवेश चौधरी र निला देव निर्माताको रूपमा छन् । सह-निर्मातामा विश्वास बस्नेत (बेन) र कार्यकारी निर्मातामा शंकर पाण्डे रहेका छन् । मानकृष्ण महर्जनको छायांकन तथा श्री श्रेष्ठको द्वन्द्व निर्देशन रहने फिल्मको भदौबाट पूर्वको कोशी ब्यारेक क्षेत्रमा ७० दिनसम्म छायांकन हुनेछ ।

निर्देशक चौधरीले ‘साम्राज्य’ नेपाली फिल्म उद्योगकै ठूलो स्केलमा निर्माण हुने ‘एपिक एक्सन ड्रामा’ हुने दाबी गरेका छन् । फिल्मको कथा, मेकिङ र प्रस्तुतीकरणमा नयाँपन ल्याउने प्रयास गरिएको उनले बताए । फिल्मले दर्शकलाई फरक अनुभव दिने उनको विश्वास छ । उनका अनुसार फिल्ममा विभिन्न कालखण्डको कथा समेटिएको छ । 

Most Visited News (monthly)